नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक (PSO) फोनपेले Payment Card Industry Data Security Standard (PCI DSS) को v4.0.1 Level 1 Certification प्राप्त गर्दै नेपालमै पहिलोपटक यो गौरव हासिल गर्न सफल भएको घोषणा गरेको छ ।
फोनपेको यो उपलब्धिले कम्पनीले आफ्नो नेटवर्कमार्फत हुने सम्पूर्ण डिजिटल कारोबारमा उच्चतम स्तरको सुरक्षा सुनिश्चित गर्न गरेको प्रतिबद्धतालाई प्रतिविम्बित गर्छ। यसले प्रयोगकर्ता, साझेदार बैंक तथा वित्तीय संस्था, र नियामक निकायहरूको विश्वासलाई थप मजबुत बनाएको छ।
PCI DSS Level 1 प्रमाणपत्र पेमेन्ट कार्ड डाटा सुरक्षाको अन्तर्राष्ट्रिय रूपमा सबैभन्दा उच्च स्तरको मान्यता हो, जसको लागि प्राविधिक संरचना, सुरक्षा नीतिहरू, र निरन्तर निगरानी आवश्यक हुन्छ। फोनपेले यो प्रमाणपत्र प्राप्त गर्नु कम्पनीले डिजिटल कारोबारको सुरक्षामा गरेको दीर्घकालीन लगानी र प्रतिबद्धताको पुष्टि हो।
फोनपेका मुख्य सञ्चालन अधिकृत (COO) पारश कुँवरले भने, “सुरक्षा कुनै एकपटक हासिल हुने लक्ष्य होइन, यो निरन्तर गरिने प्रयास हो। PCI DSS Level 1 प्रमाणपत्र हाम्रो बलियो पेमेन्ट इकोसिस्टम निर्माण गर्ने यात्रामा गरिएको प्रयासको मान्यता हो। यसले हाम्रो साझेदार संस्थाहरू र प्रयोगकर्ताहरूबीच डाटा सुरक्षाको विश्वास थप बलियो बनाउँछ।”
उक्त प्रमाणपत्र PCI DSS संस्था द्वारा मान्यताप्राप्त Qualified Security Assessor (QSA) मार्फत गरिएको स्वतन्त्र र विस्तृत मूल्याङ्कनपश्चात प्रदान गरिएको हो। मूल्याङ्कनमा डेटा सुरक्षा, सुरक्षित नेटवर्क, पहुँच नियन्त्रण, जोखिम व्यवस्थापन, र निगरानीलगायत १२ प्रमुख क्षेत्र समेटिएका थिए।
फोनपे परिचय
फोनपे नेपाल राष्ट्र बैंकबाट अनुमोदित तथा इजाजतप्राप्त पेमेन्ट सिस्टम अपरेटर हो। यसले अन्तर बैंक Peer-to-Peer भुक्तानी, QR-मार्फत P2M भुक्तानी सेवा, र सहभागी बैंक तथा वित्तीय संस्थाहरूसँग मिलेर घरेलु कार्ड योजना सञ्चालन गरिरहेको छ।
PCI DSS बारे
पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सेक्युरिटी स्ट्यान्डर्ड (PCI DSS) एक विश्वव्यापी सुरक्षा मापदण्ड हो, जुन सन् २००६ मा प्रमुख भुक्तानी कम्पनीहरूको सहकार्यमा सुरु गरिएको हो। यस मापदण्डले कार्ड डाटा ह्यान्डलिङमा संलग्न जोखिमहरूको व्यवस्थापन, अभिलेख र सुधारमा केन्द्रित हुन्छ।
Ask ChatGPT