दर्शकको उत्साहजनक उपस्थिति रहेपछि नाइमाको टिकट ७ बजेसम्म र प्रर्दशनी ८ बजेसम्म खुल्ने

दर्शकको उत्साहजनक उपस्थिति रहेपछि नाइमाको टिकट ७ बजेसम्म र प्रर्दशनी ८ बजेसम्म खुल्ने

बिहिवार, साउन २२ २०८२
बिहिवार, साउन २२ २०८२
  • दर्शकको उत्साहजनक उपस्थिति रहेपछि नाइमाको टिकट ७ बजेसम्म र प्रर्दशनी ८ बजेसम्म खुल्ने

    काठमाडौँ / नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को मा अवलोकनकर्ताहरूको उत्साहजनक उपस्थिति देखिएको छ । 

    images
    images

    पहिलो दिन १५ हजार भन्दा बढि दर्शकको आगमनले प्रर्दशनी स्थलमा दिनभरी उत्सवको माहोल छाएपछि आयोजकले प्रदर्शनी समय बेलुकी ८ बजेसम्म कायम गरेको छ । 

    उद्योग क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, सञ्चारकर्मी, व्यवसायी तथा अटोमोबाइल क्षेत्रका अग्रज व्यक्तिहरुको उपस्थितीमा उद्घाटन सम्पन्न भएपछि सर्वसाधरणका लागि प्रर्दशनी खोलिएको थियो । 

    उद्घाटनका क्रममा बुधबार उप–प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेपालमा भएको भौतिक विकासको चर्चा गर्दै सरकार उद्योग मैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको बताएका थिए । 

    “गुणस्तरीय सडक पुर्वाधार विना यो अटो मोबाइल क्षेत्रमा जस्तोसुकै प्रर्दशनी गरेपनि त्यसको सहि सदुपयोग हुन सक्दैन, त्यसैले अहिले सरकारले गुणस्तरीय सडक पुर्वाधारलाई महत्त्व दिएको छ ।” मन्त्री पौडेलले भनेका थिए । 

    कार्यक्रममा नाइमाका अध्यक्ष ऋतु सिंह वैद्यले भनिन्, “हामी नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो  अटोमोेटिभ प्रदर्शनीको उद्घाटन गर्न भेला भएका छौँ र यो क्षण हामी सबैका लागि अत्यन्तै विशेष छ । हामी सहकार्य, नवप्रवर्तन र दिगो वृद्धिमा केन्द्रित एउटा नयाँ अध्यायको सुरुवात गर्दैछौँ ।” 

    मोबिलिटी क्षेत्र नेपालका लागि रोजगारी र आर्थिक वृद्धिको एउटा महत्त्वपूर्ण पक्ष भएको उनले बताइन् । उनले थपिन्, “यसले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १२ लाख ४० हजारभन्दा बढी जनशक्तिलाई रोजगारी प्रदान गर्छ र राष्ट्रिय कुल गार्हस्थ उत्पादनमा ७.१३ प्रतिशतको योगदान पु¥याउँछ। हाल नेपालमा ५५ लाखभन्दा बढी सवारी साधन दर्ता छन्, जसले बिक्री, मर्मत, लजिस्टिक्स र पूर्वाधारका क्षेत्रमा रोजगारी सिर्जना गरिरहेको छ ।”

    त्यस्तै  एक्स्पो समितिका प्रमूख शिरीष कुमार मुरारकाले भने, “हामीले सुरु गरेको  एक्स्पो केवल सवारी साधन र प्रविधिको प्रर्दशनी यो सफा, स्मार्ट र समावेशी यातायात प्रणाली तर्पmको सामुहिक प्रतिवद्घताको सुरुवात हो । यो कार्यक्रम नेपालको मोविलिटी क्षेत्रको भविष्य निर्माण गर्ने साझा अभियान हो । आजबाट सुरु भएको ५ दिने एक्स्पो सफल बनाउन हामी तपाईहरुको निरन्तर साथ, सहयोग, र सहकार्यको  अपेक्षा गर्दछौँ ।” 

    नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय  ब्रान्डहरू सहभागी छन् । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ साउन २० गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि खुला हुनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय