बिहीबारको राशिफल : तपाईँको लागि आजको दिन कति फलदायी रहला ?

बिहीबारको राशिफल : तपाईँको लागि आजको दिन कति फलदायी रहला ?

बिहिवार, साउन २२ २०८२
बिहिवार, साउन २२ २०८२
  • बिहीबारको राशिफल : तपाईँको लागि आजको दिन कति फलदायी रहला ?

    वि.सं.२०८२ साल साउन २२ गते, बिहीबार तदनुसार ईश्वी सन् २०२५ अगस्ट ७ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, दक्षिणायनं, वर्षा ऋतु, श्रीशाके १९४७, श्रावण शुक्लपक्ष, त्रयोदशी तिथी, दिउँसो १३ः२९ बजेपछि चतुर्दशी, पूर्वाषाढा नक्षत्र, आनन्दादिमा–धाता योग, चन्द्रराशि–धनु ।

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    धार्मिक सामग्रीको व्यापारबाट लाभ मिल्नेछ। शिक्षा, शेयर, खाद्यान्न र वस्त्र क्षेत्रमा गरिएको लगानी लाभदायक हुनेछ। व्यवसायमा मनग्ये फाइदा हुनेछ। सौन्दर्य सामग्रीमा खर्च बढ्न सक्छ। रोकिएका आर्थिक कार्य दोहोर्याएर प्रयास गर्दा सफल हुने सम्भावना छ। मिहिनेतले जीवनशैलीमा आर्थिक सुधार ल्याउनेछ। भविष्यका लागि दिगो फाइदाका योजनाहरू प्रारम्भ हुन सक्छन्।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    आर्थिक सङ्कट गहिरिन सक्छ, फजुल खर्चले दैनिकीमा असर पर्न सक्छ। व्यापार र वित्तीय क्षेत्रमा तत्काल लगानी नगर्नु उचित हुनेछ। वैदेशिक क्षेत्रबाट सानो लाभ भए पनि आन्तरिक स्रोत कमजोर रहनेछ। विश्वासपात्रबाट धोका पाउने सम्भावना छ। गोप्य योजना बाहिरिन सक्छ। चुनौतीबीच पनि मिहिनेतले केही आर्थिक अवसर सिर्जना गर्न सकिने समय हो।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    व्यापार र साझेदारी व्यवसाय फस्टाउनेछ। वित्तीय बजारमा लगानीबाट नाफा कमाउन सकिनेछ। पेशागत जिम्मेवारी बढ्नेछ भने आम्दानीमा पनि वृद्धि हुनेछ। आत्मविश्वासले आर्थिक लक्ष्यमा सहयोग पुर्‍याउनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। रमाइलो यात्राको अवसर मिल्नेछ। आफन्त र प्रियजनको सहयोगले आर्थिक निर्णय सुदृढ बन्नेछ। दिन आर्थिक दृष्टिले लाभदायक रहनेछ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आर्थिक स्रोत जुट्ने हुँदा व्यापार र वित्तीय बजारबाट लाभ मिल्नेछ। नयाँ सम्पर्कले आर्थिक उन्नति दिलाउनेछ। सेवामूलक कामले प्रतिष्ठा र आम्दानी दुवै बढाउनेछ। रोकिएका आर्थिक काम बन्नेछन्। दिगो फाइदा हुने काम सुरु गर्न सकिनेछ। लगनशीलता र हिम्मतले जटिल कार्य सफल बनाउनेछन्। प्रतिस्पर्धामा जितले आत्मविश्वास बढाउनेछ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    शेयर बजार र वित्तीय क्षेत्रमा लगानीबाट प्रतिफल पाइनेछ। व्यापारबाट मनग्ये लाभ हुनेछ। गुरुजन र सन्तानको सहयोगले आर्थिक निर्णयमा सकारात्मक प्रभाव पर्नेछ। लगनशीलताले फाइदाको स्रोत पहिचान गर्न सहयोग पुर्‍याउनेछ। दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। कार्यक्षेत्रमा नयाँ अवसरले उत्साह दिनेछ। आर्थिक दृष्टिले दिन लाभदायक रहनेछ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    व्यापारमा अपेक्षित आम्दानी नहुन सक्छ, तर कृषि, पशुपालन र शेयर बजारमा लगानी लाभदायक हुनेछ। पुरानो सम्झौता नवीकरण नगर्दा आर्थिक घाटा हुन सक्छ। आज अरूलाई नदिई आफूले भित्र्याउने समय हो। सन्तान पक्षबाट शुभ समाचारले उत्साह बढ्नेछ। परिस्थितिअनुसार निर्णय लिन नसक्दा आर्थिक मौका गुम्न सक्छ। सुझबुझले आर्थिक लाभ दिलाउन सक्छ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    उद्योग, व्यापार र शेयर बजारमा लगानी फस्टाउनेछ। नयाँ कामबाट धन सम्पत्ति जोड्न सकिनेछ। रोकिएका आर्थिक कार्य बन्नेछन् भने नयाँ योजनाबाट लाभ प्राप्त हुनेछ। पिताको सहयोगले व्यवसाय सुदृढ हुनेछ। कृषिमा सानो समस्या देखिए पनि आम्दानी राम्रो हुनेछ। प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। मेहनतले आर्थिक स्थिति बलियो बन्नेछ। दिन लाभदायक रहनेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ। नयाँ काम सुरु गर्न अनुकूल समय हो। कलाकारिता र फिल्म क्षेत्रमा लगानी लाभदायक बन्नेछ। राज्य योजनाबाट आर्थिक लाभ मिल्नेछ। परिवार र कुटुम्बको सहयोगले काममा सहजता आउनेछ। सानो प्रयासले ठूला परिणाम दिनेछ। मेहनतले आर्थिक प्रगति र मानसम्मान दुवै दिलाउनेछ। दिन आर्थिक दृष्टिले लाभदायक हुनेछ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    व्यापार र शेयर बजारमा लगानीबाट आम्दानी बढ्नेछ। मेहनत र जुझारु कार्यशैलीले लक्ष्य प्राप्ति सजिलो बनाउनेछ। अध्ययनमा सुधार हुँदै बौद्धिक क्षेत्रमा प्रगति हुनेछ। समाजसेवा र धार्मिक कर्मले मानसम्मान बढाउनेछ। स्वास्थ्य बलियो रहनेछ। परिवारसँग रमाइलो समय बित्नेछ। नयाँ अवसरले नयाँ काम सुरु गर्न मद्दत गर्नेछ। प्रेम र मित्रता मजबुत हुनेछ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    व्यापार र शेयर बजारमा मन्दी आउनेछ। पढाइमा ध्यान नजाँदा नतिजा कमजोर हुनेछ। स्वास्थ्य समस्या र औषधी खर्च बढ्न सक्छ। विदेशी सामानको व्यापार फस्टाउनेछ। वैदेशिक यात्रा सम्भावित छ। आकस्मिक खर्चले आर्थिक समस्या आउन सक्छ। सहयोगी र शुभचिन्तकहरूले अप्ठ्यारो काममा सहायता दिनेछन्। परोपकारी काममा सक्रियता बढ्नेछ। सामान्य आर्थिक प्रतिफल प्राप्त हुनेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    पैतृक स्रोत र प्राकृतिक साधन प्रयोगले आम्दानी बढ्नेछ। बैंक तथा वित्तीय क्षेत्रमा लाभ प्राप्त हुनेछ। पति पत्नीको सहयोगले काममा प्रगति हुनेछ। सम्पत्ति विवाद सुल्झिनेछ। कार्यक्षेत्रमा माताको साथ मिल्नेछ। नयाँ आय स्रोत फेला पर्नेछन्। कृषि, पशुपालन र व्यापारबाट राम्रो फाइदा हुनेछ। गोपनीयता कायम राख्न जरूरी छ। मेहनतले दिगो फाइदा दिलाउनेछ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    सामाजिक र राजनीतिक क्षेत्रमा रुचि बढ्नेछ। व्यापार तथा शेयर बजारमा लगानी फस्टाउनेछ। कृषि र पशुपालनमा समय फलदायी हुनेछ। नयाँ आय स्रोतहरू बन्नेछन्। मेहनतले पद र प्रतिष्ठा दिलाउनेछ। यात्रा अवसर प्राप्त हुनेछ। मित्रता दिगो हुने र शुभचिन्तकहरूको साथ रहनेछ। चुनौतीहरू हटेर आर्थिक प्रगति हुनेछ। अवसरले मन प्रफुल्लित बनाउनेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय