काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १.९४ अङ्कले घटेर २८३२.०६ बिन्दुमा कायम भएको हो ।
आज ३२० कम्पनीको दुई करोड १६ लाख ५७ हजार ७०६ कित्ता सेयर ९३ हजार १८५ पटक खरिद बिक्री हुँदा रु. ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार ९५२ बराबरको कारोबार भएको हो ।
आजको कारोबारमा लगानी समूह ०.४९, लघुवित्त १.४१ र अन्य समूह ०.४४ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । बैंकिङ ०.४७, विकास बैंक ०.६१, वित्त ०.४१, होटल तथा पर्यटन ०.०५ र जलविद्युत् समूह ०.१५ प्रतिशतले घटेको छ ।
त्यस्तै, जीवन बिमा ०.४५, उत्पादन तथा प्रशोधन ०.१०, निर्जीवन बिमा ०.३६ र व्यापार समूह ०.६६ प्रतिशतले घटेको छ ।
विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, माहुली लघुवित्त वित्तीय संस्था लिमिटेड र ट्रेड टावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यसैगरी, समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७.९३ प्रतिशत र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७.८३ प्रतिशतले घटेको छ । सबैभन्दा बढी थ्रिस्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ३.७८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको रु २९ करोड ४५ लाख ५७ हजार ७५४ बराबरको सेयर खरिद बिक्री भएको छ ।
कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी सनराइज फोकस्ड इक्विटी फण्डको १८ लाख २७ हजार ६८० कित्ता सेयर किनबेच भएको छ ।