काठमाडौँ / माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक बर्षमा २ अब बढी नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकले २ अर्ब १ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ हो ।
यो बृद्धि अघिल्लो आर्थिक वर्षको तुलनामा ९२.४५ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानीमा बृद्धि हुँदा र इम्पेरमेन्ट चार्ज घटेसँगै बैंकको नाफा बढेको हो । यसअवधिमा बैंकको खुद ब्याज आम्दानी १५.४१ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी १८.१६ प्रतिशत, कुल सञ्चालन आम्दानी १६.५१ प्रतिशत र सञ्चालन मुनाफा ९९.९१ प्रतिशतले बढेको देखिन्छ । त्यस्तै, यस अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज १ अर्ब ३९ करोडबाट घटेर ३५ करोड ३७ लाखमा सीमित भएको छ ।
यता, प्रतिशेयर आम्दानी र वितरणयोग्य नाफामा पनि उल्लेखनीय वृद्धि भएको देखिन्छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ३१ पैसाले बढेर १७ रुपैयाँ ३१ पैसा पुगेको छ भने वितरणयोग्य नाफा १ अर्ब ७ करोड रुपैयाँ कायम भएको छ ।
यससँगै वितरणयोग्य प्रतिसेयर आम्दानी ९ रुपैयाँ २३ पैसा पुगेको छ। मूल्य आम्दानी अनुपात १४.९९ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ८० पैसा पुगेको छ।
माछापुच्छ्रे बैंकको चुक्ता पूँजी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ पुगेको छ। जगेडा कोषमा ७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित भने
बैंकले १८ खर्ब ४१ अर्ब ७६ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी १४ खर्ब १६ अर्ब ३६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
विवरण |
२०८२ असार |
२०८१ असार |
फरक |
चुक्ता पूँजी |
११,६२१,३५७ |
११,६२१,३५७ |
०.००% |
सेयर प्रिमियम |
३०,८८१ |
३०,८८१ |
- |
सञ्चित मुनाफा |
१,०७२,९३५ |
(३५९,८०४) |
- |
जगेडा |
६,३१०,०१० |
५,८२१,२९९ |
- |
जगेडा तथा सञ्चिती |
७,४१३,८२६ |
५,४९२,३७६ |
३४.९८% |
निक्षेप |
१,८४,१७६,०४९ |
१,५८,६४६,९०९ |
१६.०९% |
कर्जा |
१,४१,६३६,८५९ |
१,२६,७५४,१७४ |
११.७४% |
खुद ब्याज आम्दानी |
५,७५६,७१६ |
४,९८८,१९२ |
१५.४१% |
खुद शुल्क तथा कमिसन आम्दानी |
१,२८५,१७६ |
१,०८७,६२६ |
१८.१६% |
कूल सञ्चालन आम्दानी |
७,४४०,६७४ |
६,३८६,१६७ |
१६.५१% |
इम्पेयरमेन्ट चार्ज |
३५३,७७१ |
१,३९८,१८७ |
- |
सञ्चालन नाफा |
३,३३०,२३८ |
१,६६५,८८९ |
९९.९१% |
खुद मुनाफा |
२,०११,४६१ |
१,०४५,१९९ |
९२.४५% |
वितरणयोग्य नाफा |
१,०७२,९३५ |
(३५९,८०४) |
- |
प्रति सेयर आम्दानी (रु.) |
१७.३१ |
८.९९ |
८.३१ |
वितरणयोग्य प्रतिसेयर आम्दानी |
९.२३ |
(३.१०) |
- |
पीई अनुपात |
१४.९९ |
- | |
नेटवर्थ (रु.) |
१६३.८० |
१४८.८० |
- |
पूँजी कोष अनुपात |
१३.२८ |
१३.७४ |
-०.४२ |
खराब कर्जा |
३.८३ |
३.८६ |
-०.०३ |
कर्जा–निक्षेप अनुपात (%) |
८०.६२ |
८३.३२ |
-२.७० |
आधार दर (%) |
६.३० |
८.२६ |
-१.९६ |
इन्ट्रेस्ट रेट स्प्रिड (%) |
३.८७ |
३.९८ |
-०.११ |