काठमाडौँ / गायिका गीता पाण्डेले सुमधुर प्रेमिल गीत ‘माछी भुल्यो’ सार्वजनिक गरेकी छिन् । प्रेमिल भावमा लेखिएको यो गीतमा रचना साथै संगीत दीपक शर्माको रहेका छन् भने अहिलेकी चिरपरिचित गायिका गीता पाण्डेले स्वर दिएकी छिन् ।
गीतमा नरेन्द्र बियोगीले एरेन्जरको रुपमा काम गरेका छन्। गीतमा प्रेममा समर्पण भावना छ,आस्था छ ।
गीत जति सुमधुर अनि प्रेमिल बनेको छ, गीतको भिडिओ उति नै रोमान्टिक छ। भिडिओमा स्वस्तिक पोख्रेल र अनुस्का कार्की फिर्चड छन् । यी दुईको प्रेम अनि रोमान्सलाई भिडिओमा देख्न सकिन्छ ।
भिडियोमा दुवैले उत्कृष्ट काम गरेका छन्। भिडिओमा देखाईएको सुन्दर लोकेसन र दृष्यहरुले भिडिओलाई झनै आकर्षक बनाएको छ ।
गायिका पाण्डेकाका थुप्रै गीत श्रोता दर्शकको रोजाइमा पर्न सफल भएका छन् । आफ्ना अन्य गीत जस्तै यसले पनि सबैको साथ पाउनेमा आशावादी रहेको गायिका पाण्डेले बताइन् । उनले चलचित्रका गीतदेखि लोक र आधुनिक गरि थुप्रै गीत गाइसकेकी छिन् ।
पुजा ठकुरीले निर्देशन गरेको उक्त भिडियाको सम्पादन बिनोद बमले गरेका छन्।
दिपक गिरी र टिमले छायांकन गरेको भिडियोमा अहिलेका रुचाईएका युवा कोरियोग्राफरद्वय अनुजा अधिकारी र श्रवण पाख्रिनको रहेको छ । गीतलाई टिकटकमा भिवर्सद्वारा उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको छ ।