काठमाडौँ / सोमबार स्थानीय बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा आज सुनको भाउ तोलामा १०० रुपैयाँ बढेको हो । यसअघि तोलामा १ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज घटेर १ लाख ९६ हजार ६ सय रुपैयाँ पुगेको हो ।
यता, चाँदी पनि सामान्य महँगिएको छ । यसअघि प्रतितोला २ हजार २५० रुपैयाँ रहेको चाँदी आज २ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ ।