images
Logo
images

भदौमा चलचित्रसम्बन्धी तीन ‘अवार्ड’ हुँदै

भदौमा चलचित्रसम्बन्धी तीन ‘अवार्ड’ हुँदै

सोमवार, साउन १९ २०८२
सोमवार, साउन १९ २०८२
  • भदौमा चलचित्रसम्बन्धी तीन ‘अवार्ड’ हुँदै

    काठमाडौँ / आगामी भदौमा नेपाली चलचित्रसँग सम्बन्धित तीन ‘अवार्ड’ समारोह हुने भएको छ । आयोजकहरूले भिन्नाभिन्नै रुपमा घोषणा गरेअनुसार भदौ २६ गते ‘आठौँ सिने सर्कल अवार्ड–२०८२’, भदौ २८ गते ‘दोस्रो इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा)’ र सोही महिनामा चलचित्र समीक्षक समाजले प्रदान गर्ने ‘क्रिटिक्स अवार्ड’ आयोजना हुनेछ ।

    images
    images

    पुरस्कारले चलचित्रकर्मीलाई प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको आयोजकले बताएका छन् । ‘सिने सर्कल नेपाल’द्वारा आयोजित समारोहमा २५ विधामा पुरस्कार प्रदान गरिने ‘आठौँ सिने सर्कल अवार्ड २०८२’ को संरक्षक चौधरी समूहका प्रबन्ध निर्देशक वरुण चौधरी छन्। 

    चलचित्र समीक्षक तथा पत्रकारहरूको छाता संस्था चलचित्र समीक्षक समाजले केही वर्षदेखि रोकिएको ‘क्रिटिक्स अवार्ड’ लाई पुनः निरन्तरता दिने भएको हो । समाजका अध्यक्ष सामीप्यराज तिमल्सेनाले अवार्ड प्रदान गर्नका लागि चलचित्र हेर्ने काम भइरहेको बताए । 

    “हामीले समीक्षात्मक रूपमा अब्बल सावित हुने चलचित्र र चलचित्रकर्मीलाई पुरस्कृत गर्ने गरेका छौँ । केही वर्ष विविध कारणले रोकिएको पुरस्कार समारोहले पुनः निरन्तरता पाउँदैछ । हामी चलचित्र हेरिसकेपछि विजेता घोषणा गरेर भदौमा  पुरस्कार वितरण गर्ने छौँ”, उनले भने । 

    उक्त पुरस्कार नौ विधामा प्रदान गरिनेछ । ‘इन्फा इभेन्ट्स युके’ र ‘इन्फा नेपाल’ को आयोजना तथा मनु मिडियाको सहकार्यमा बेलायतस्थित लण्डनको ग्रिनफोर्ड हलमा भाद्र २८ मा ‘दोस्रो इन्टरनेशनल नेपाली फिल्म अवार्ड (इन्फा)’ आयोजना हुने कार्यक्रम संयोजक मनिष कार्कीले बताए।

    “नेपाली कला र संस्कृति प्रवासमा बढाउन हामीले पुरस्कार वितरण समारोह बेलायतमा गर्ने गरेका छौँ । दोस्रो शृङ्खलामा आइपुग्दा हामी अझै परिपक्क भएर कार्यक्रमको आयोजना गरिरहेका छौँ । हाम्रो चलचित्रसम्बन्धी गतिविधिले बेलायतमा बजार बढाउन र नेपाली चलचित्र प्रवर्द्धनमा टेवा पुगेको हाम्रो विश्वास छ”, संयोजक कार्कीले भने । 

    उनले २६ विधामा पुरस्कार वितरण गरिने र अभिनेत्री शर्मिला मल्ललाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ द्वारा सम्मान गरिने जानकारी दिइन् । केही वर्ष अगाडि बढिरहेको ‘अवार्ड’ को सङ्ख्या पछिल्लो समय सन्तुलित बन्दैछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय