एमाले सिद्धान्तबाट च्यूत भइसकेको पुष्टि भयो : भीम रावल

एमाले सिद्धान्तबाट च्यूत भइसकेको पुष्टि भयो : भीम रावल

शनिवार, साउन १७ २०८२
शनिवार, साउन १७ २०८२
  • एमाले सिद्धान्तबाट च्यूत भइसकेको पुष्टि भयो : भीम रावल

    काठमाडौँ / नेता भीम रावलले एमालेलाई सही ठाउँमा ल्याउन खोज्दा ‘तानाशाही शक्ति’ लगाएर आफूलाई निकालेको आरोप लगाएका छन् । बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एमाले सिद्धान्तबाट च्यूत भएर विधि, प्रणाली, सिद्धान्तमा नरहेको र सिद्धान्त ल्याउन खोज्दा आफूलाई निकालेको टिप्पणी गरेका हुन् । 

    images
    images

    उनले भने, “मैले विद्रोह गरेको होइन, सिद्धान्तबाट च्यूत भएर उनीहरूले नै विद्रोह  गरेका हुन् । मैंले ठिक ठाँउमा आउ भनेकाले निरङकुश र तानाशाही शक्ति लगाएर निकालियो । मैले जुन विधि, प्रणाली, सिद्धान्तमा पार्टी हिडेनन् भनेको थिए । त्यसको पुष्टि भएको छ ।” 

    उनले नेपालका सबै राजनीतक दलहरू राष्ट्रिय हित र मर्यादामा नरहेकाले सबै पार्टीभित्र भाडभैंलो भएको बताए । 

    “म टिप्पणी गर्दिन । तर नेपालका सबै राजनीतिक दलहरू राष्ट्रिय हित र मर्यादामा छैनन् । पार्टीहरूले घोषित नीति, विधि केही पनि नमानेकाले यत्रतत्र सर्वत्र भाडभैलो त्यसकै कारण भएको हो,”उनले भने । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय