‘केसीसी एक्जिबेट २०२५’सुरु, मन्त्री गुरूङले गरे उद्घाटन

‘केसीसी एक्जिबेट २०२५’सुरु, मन्त्री गुरूङले गरे उद्घाटन

शुक्रवार, साउन १६ २०८२
शुक्रवार, साउन १६ २०८२
  • ‘केसीसी एक्जिबेट २०२५’सुरु, मन्त्री गुरूङले गरे उद्घाटन

    काठमाडौँ / पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कान्तिपुर सिटी कलेज (केसीसी)को ‘केसीसी एक्जिबेट २०२५’ सुरु भएको छ । 
    शुक्रबार सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले एक्जिबेटको उद्घाटन गरेका छन् । 

    images
    images

    उद्घाटन समारोहमा मन्त्री गुरूङ्ले आइटी क्षेत्रमा जनशक्ति उत्पादनगरी वृद्धि गर्न आवश्यक रहेको बताए । आइटी क्षेत्रमा विश्वका धेरै मूलुकहरू अघि बढिसक्दा पनि नेपाल पछाडि परेको बताउँदै आइटी क्षेत्रमा जनशक्ति व्यस्थापनको कुरा बढि महत्वपूर्ण रहेको धारणा राखे । 
    उनले भने, "आइटी क्षेत्रमा जनशक्ति उत्पादनगरी वृद्धि गर्न आवश्यक छ । यसमा विश्वका धेरै मूलुकहरू अघि बढिसकेका छन् । हाम्रोमा धेरै ढिला भइसक्यो । त्यसैले आइटी क्षेत्रमा जनशक्ति व्यस्थापनको कुरा अलि बढि महत्वपूर्ण छ ।"

    उनले आर्टिफिसियल इन्टलिजेन्स (एआई) अर्थात् कृत्रिम बौद्धिकताको प्रयोग स्वास्थ्य र शिक्षा क्षेत्रमा गर्नुपर्ने धारणा राखे । जसले समय र खर्च दुबैको बचत मात्र नभएर भ्रष्टाचार नियन्त्रण समेत गर्न सकिने उनको भनाई छ । 

    उनले भने, “आर्टिफिसियल इन्टलिजेन्स (एआई) अर्थात् कृत्रिम बौद्धिकताको प्रयोग स्वास्थ्य र शिक्षा क्षेत्रमा गर्नुपर्छ । यसले धेरै कुरामा फाइदा पुग्छ । सरकारी काममा पनि प्रयोग गर्नुपर्छ । त्यो हुन्दा जनताले सेवापनि चाँडो पाउँछन् । एक महिना लाग्ने कुरा एक दिनमा हुन्छ । एक घण्टा लाग्ने कुरा दश मिनेटमा सकिन्छ । भ्रष्टाचारपनि नियन्त्रण हुँदै जान्छ त्यसले गर्दा । भ्रष्टाचार नियन्त्रणको लागि पनि अब एआइको प्रयोग गर्नुपर्ने छ ।” 

     प्रदर्शनीमा ४० भन्दा बढी विद्यार्थी–नेतृत्वमा आधारित परियोजनाहरू प्रदर्शित गरिने छन् । 
    दुईदिने यस प्रदर्शनीमा करिब १० हजार भन्दा बढी दर्शकहरूको सहभागिता अपेक्षा गरिएको छ, जसमा विद्यार्थी, शिक्षक, अभिभावक, उद्यमी, प्रविधि विज्ञ, सञ्चारकर्मी र सर्वसाधारण रहनेछन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय