आज वि.सं. २०८२ साल साउन १६ गते, शुक्रबार तदनुसार ईश्वी सन् २०२५ अगष्ट १ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, दक्षिणायनं, वर्षा ऋतु, श्रीशाके १९४७, श्रावण शुक्लपक्ष, अष्टमी तिथी, अहोरात्र, स्वाती नक्षत्र, आनन्दादिमा–गद योग, चन्द्रराशि–तुला ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साझेदारी व्यापारमा फाइदा हुनेछ। आम्दानी बढ्नेछ र नयाँ आर्थिक अवसर प्राप्त हुनेछन्। इष्टमित्र र परिवारको सहयोगले व्यवसायिक योजना अघि बढ्नेछ। सम्मान र उपहारले मनोबल बढाउनेछ। नयाँ काममा आकर्षण बढ्नेछ। पहिरन र व्यक्तित्वको प्रभावले पेशागत क्षेत्र बलियो बन्नेछ। आर्थिक दिन लाभदायक रहनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रतिस्पर्धामा अग्रस्थान प्राप्त गर्दै आर्थिक फाइदा लिन सकिनेछ। व्यापारमा लगानीबाट लाभ हुनेछ भने रोकिएका काम बन्नेछन्। परीक्षामा सफलता मिल्नेछ र मेहनतले नाम, दाम र इनाम दिलाउनेछ। शत्रु किनारा लाग्नेछन्। भौतिक साधन जुट्नाले दिगो योजना सुरु गर्न सकिनेछ। मावली पक्षको सहयोगले पनि आर्थिक पक्ष बलियो बन्नेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययन र बौद्धिक प्रतिस्पर्धामा सफलता मिल्नेछ। पशुपालन, कृषि र सेवामूलक क्षेत्रमा लाभ हुनेछ। काममा प्रयत्नले सहजै उपलब्धि दिलाउनेछ। प्रतिष्ठित कामको अवसर प्राप्त हुनेछ। आर्थिक फाइदाका नयाँ स्रोत खुल्नेछन्। प्रविधिको प्रयोगले आय आर्जनका अवसर बढ्नेछन्। स्वास्थ्य सबल रहनेछ भने संघर्षपछि लक्ष्य प्राप्त हुने सम्भावना छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययन र व्यापारमा प्रगति हुने समय हो। कृषि र पशुपालनलाई आधुनिकीकरण गर्दा राम्रो आम्दानी मिल्नेछ। फाइदाका नयाँ स्रोत पहिल्याइन सकिनेछ। कार्यक्षेत्रमा केही बाधा आए पनि धैर्यले सफलता मिल्नेछ। पारिवारिक मतभेदले अलिकति असर पुर्याउन सक्छ। निर्णयमा अलमल भए पनि आर्थिक रूपमा लाभदायक काम सुरु हुनेछ। संयमता आवश्यक रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समयको सही उपयोगले दिगो फाइदा हुने काम सुरु हुनेछ। आर्थिक क्षेत्र बलियो बन्नेछ र करियरमा नयाँ दिशा पाइनेछ। दूरसञ्चार तथा मिडियाबाट लाभ उठ्न सक्छ। आफन्तको सहयोगले काम सहज बन्नेछ तर आर्थिक लेनदेनमा होसियारी आवश्यक छ। प्रयास दोहोर्याउनु परे पनि आंशिक लाभ मिल्नेछ। समयमै सचेत नभए अवसर गुम्न सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शुभ चन्द्रमाको प्रभावले बन्द व्यापार चल्नेछ र आर्थिक पक्ष सबल बन्नेछ। अध्ययनमा प्रगति हुनेछ भने विचार र व्यवहारले अरूलाई आकर्षण गर्न सकिनेछ। ऋण फिर्ता हुने सम्भावना छ। बोलीबाट प्रतिष्ठित काम हात लाग्न सक्छ। तर आत्तिने वा अरूको भर पर्ने बानीले काममा ढिलाइ हुन सक्छ। बुद्धिमत्ताले योजना सफल बन्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। बन्द व्यापार चल्नेछ र लाभ बढ्नेछ। सरसापटी उठ्नेछ। खाद्यान्न, निर्माण सामग्री र अटो पार्ट्स व्यापारमा वृद्धि हुनेछ। पुराना लगानी लाभदायक बन्नेछन्। कीर्तिमानी कामबाट दाम कमाइनेछ। खर्चभन्दा आम्दानी बढी रहनेछ। योजनाबद्ध कामले फाइदा हुनेछ। सतर्कता अपनाउँदा घाटा टर्नेछ। आर्थिक स्थायित्वतर्फ उन्मुख हुने समय रहेकोछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विदेश यात्रा तय भइ विदेशस्थित संस्था तथा एनजिओमा काम पाउने सम्भावना छ। विदेशमा पेसा, व्यवसाय र अध्ययनका लागि दिन फलदायी हुनेछ। व्यापारमा लगानी बढाउनुपर्ने अवस्था छ। रोकिएका काम दोहोर्याएर प्रयत्न गर्दा बन्नेछन्। अर्थअभाव भए पनि कर्जा र सरसापटीबाट धन जुट्नेछ। खर्च बढ्ने भए पनि अवसर लाभदायक हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यापार व्यवसाय फस्टाउने समय छ र धन आगमन हुने योग छ। बैंक तथा वित्तीय कारोबार बढ्नेछ। तरल पदार्थ र खनिज व्यापार लाभदायक रहनेछ। पैतृक सम्पत्तिबाट मनग्गे आम्दानी हुनेछ। थोरै लगानीबाट पनि नाफा उठ्नेछ। सहयोगीहरूको साथले दिगो काम सुरु हुनेछ। प्रयत्नले रोकिएका काम बन्नेछन्। आम्दानी बढ्दा उत्साह जाग्नेछ र जिम्मेवारी थपिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
राजनीति र समाजसेवामा समय लगानी गर्दा जनताको समर्थन र पद प्राप्तिको सम्भावना छ। पढाइमा सफलता र नयाँ काम वा नोकरी बढोत्तरी हुनेछ। व्यवसाय र शेयर बजारमा लगानीले मनग्गे आम्दानी दिनेछ। प्राकृतिक स्रोतबाट आय बढ्नेछ। मेहनतले भाग्य खुल्नेछ र दिगो काम सम्पादन हुनेछ। शुभचिन्तकको साथले कर्मयोग बलियो बनाउनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यापारमा लगानीले भविष्यमा राम्रो नाफा दिनेछ। खोज अनुसन्धानमा प्रगति हुनेछ र मन प्रसन्न रहनेछ। राजनीतिमा पद प्राप्ति सम्भावना छ। सहयोगीहरूको साथमा नयाँ कार्य अघि बढ्नेछ। चुनौतीपूर्ण जिम्मेवारी भए पनि मिहिनेतले लक्ष्य पुर्याउनेछ। आर्थिक क्षेत्रमा आंशिक लाभ हुनेछ। समय लागे पनि भविष्यका लागि सकारात्मक संकेत मिल्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यापार व्यवसायमा वृद्धि र आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। नसोचेको धन र सम्पत्ति प्राप्त हुने योग छ। अध्ययनमा राम्रो नतिजा आउनेछ। बोलीको प्रभावले धन आर्जन सम्भव छ। लामो दुरी यात्रा हुनेछ। लक्ष्यमा पुग्न संघर्ष गर्नुपर्छ। गोप्य सूचना बाहिरिनुले समस्या आउन सक्छ। समयमै सचेत नभए काम दोहोर्याउनु पर्ला। स्वास्थ्यमा ध्यान आवश्यक छ।