दरमखोला हाइड्रोको आइपिओमा आजदेखि आवेदन दिन सकिने

दरमखोला हाइड्रोको आइपिओमा आजदेखि आवेदन दिन सकिने

बिहिवार, साउन १५ २०८२
बिहिवार, साउन १५ २०८२
  • दरमखोला हाइड्रोको आइपिओमा आजदेखि आवेदन दिन सकिने

    काठमाडौँ  दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि २९ लाख १९ हजार ५ सय कित्ता आइपिओ जारी गरेको छ ।

    images
    images

    यसअघि कम्पनीले गत जेठ २० गते प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ३९ करोड ५० लाख रुपैयाँ बराबरको ३९ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

    यस अघिनै कम्पनीले कुल जारी पुँजीको १०÷१० प्रतिशत सेयर आयोजना प्रभावित र वैदेशीक रोजगारीमा रहेकाहरूला लागि निष्कासन गरिसकेको छ । सर्वसाधारणले यस आइपिओमा न्यूनतम् १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनले तोकेका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । 

    यसका साथै लगानीकर्ताले मेरो सेयर एपबाट समेत आवेदन दिन सक्नेछन् । आइपिओ खरिदका लागि लगानीकर्ताले छिटोमा साउन १९ गते र ढिलोमा साउन २९ गते सम्म आवेदन दिन सक्नेछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय