सवारी साधन आयात तथा जडान निर्देशिका सम्बन्धमा नाडा र विभागबीच छलफल, केके विषयमा भए कुराकानी ?

सवारी साधन आयात तथा जडान निर्देशिका सम्बन्धमा नाडा र विभागबीच छलफल, केके विषयमा भए कुराकानी ?

बिहिवार, साउन १५ २०८२
बिहिवार, साउन १५ २०८२
  • सवारी साधन आयात तथा जडान निर्देशिका सम्बन्धमा नाडा र विभागबीच छलफल, केके विषयमा भए कुराकानी ?

    काठमाडौँ / सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ को विषयमा नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल र यातायात व्यवस्था विभागबिच छलफल भएको हो । 

    images
    images

    नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले विभागका महानिर्देशक राजिव पोखरेलसँग भेट गरी निर्देशिकाका विभिन्न प्रावधानहरूमा विस्तृत छलफल गरेको हो ।

    बैठकमा सवारी साधनको आयात, उत्पादन, जडान प्रक्रिया तथा विद्युतीय सवारी साधनसँग सम्बन्धित नीतिगत विषयहरूमा गहन विमर्श गरिएको थियो । 

    उक्त छलफलमा विशेषगरी सवारी आयात, उत्पादन र जडान, नेपालमा यातायात व्यवसायी महासंघको माँग सम्बन्धमा विद्युतिय सवारी साधनहरुको वारेन्टी, ग्यारेन्टी, अथराइज्ड सर्भिस सेन्टर, चार्जिङ्ग स्टेसनको व्यवस्था गरेर मात्र आयात गर्न पाउने माग राखिएको थियो । 

    यसैगरी, सवारी साधनमा ईम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्ने, प्रयोग भएका ब्याट्रीको दीर्घकालीन व्यवस्थापन, डुप्लिकेट सर्टिफिकेसन, डकुमेन्टेसन, छाप र लोगो प्रयोग, मोटर क्षमता र सिट संख्यामा भएको विवाद, भन्सार महसुल निर्धारणको लागि आधारहरूको सिफारिस, ट्याक्सीमा प्रयोग हुने सवारी साधनहरू व्यक्तिगत सवारीभन्दा महँगो भएको ट्याक्सी व्यवसायीको गुनासो र आयात हुने सवारीमा न्एक् अनिवार्य गर्ने लगायतका विषयहरूमा समेत छलफल भएको नाडाले जनाएको छ । 

    सो छलफलमा नाडाका अध्यक्ष चौधरीले सो निर्देशिकाको विषयमा बुँदागत छलफल गरिनु पर्ने धारणा राखे । 

    सोही क्रममा चौधरीले सो निर्देशिकाका सम्बन्धमा नाडामा विस्तृत छलफलगरी सुझाव पठाउने बताउनु हुदै विभागले छलफलका लागि नाडालाई बोलाएकोमा आभार प्रकट गरे । 

    सो बैठकमा उपस्थित भएका नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले सो निर्देशिकामा रहेका केही बुँदाहरू नेपालको सन्दर्भमा व्यावहारिक बनाउनु पर्ने र कतिपय जटिल विषयहरूमा थप छलफलको आवश्यकता रहेको बताए ।  

    छलफलको अन्त्यमा विभागका महानिर्देशक पोखरेलले सवारी साधन आयात उत्पादन तथा जडानका सम्बन्धमा नेपालमा कुनै स्पष्ट नीति नियम नभएको सन्दर्भमा यो निर्देशिका ल्याउन लागेको बताउनु हुदै यसका लागि विभिन्न चरणमा छलफल गरिने बताए । 

    सोही छलफलको क्रममा उनले सरकारले व्यवसायीहरूका लागि विभिन्न व्यवधानहरू सिर्जना गर्ने गरेको आम बुझाई रहेको भए पनि अव सरकार व्यवसायीहरुको परिपुरकको रूपमा उभिने बताउँदै देशको आर्थिक विकासमा निजीक्षेत्रको ठूलो भूमिका हुने बताए । 

    विभागसँग मिलेर नाडाले सवारी साधनहरुका लागि टेष्टिङ्ग फेसिलिटीको व्यवस्था गर्न सकिने भन्ने नाडाका अध्यक्ष चौधरीको प्रस्तावमा प्रतिक्रिया दिँदै महानिर्देशक पोखरेलले मुख्यतः ३ वटा विषयमा नाडासंग सहकार्य गरेर अघि बढन सकिने बताउँदै साही समयमा सही छलफल भएको धारणा राखे । 

    उक्त छलफलमा सो विभागका प्राविधिक निर्देशक श्रीकान्त यादवले नेपालमा सवारी साधन आयात आयात हुने सम्बन्धी व्यवस्थाहरुका सम्बन्धमा बैठकलाई विस्तृत रुपमा जानकारी गराउनु भएको थियो । सो छलफलमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्य यमुना श्रेष्ठ तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय