काठमाडौँ / नेपालका लागि लिपमोटर गाडीहरूको आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्रा.लि.ले लिपमोटर B10 को स्निक प्रिभ्यू कार्यक्रम सम्पन्न गरेको छ।
साउन १४ गते काठमाडौँको उत्तरढोकास्थित सोरुममा आयोजित कार्यक्रममा सञ्चारकर्मी तथा अटोप्रेमीहरूलाई नेपालमा पहिलोपटक ल्याउन लागिएको यस विद्युतीय गाडीको प्रत्यक्ष झलक प्रस्तुत गर्दै प्रिभ्यू कार्यक्रम सम्पन्न गरिएको हो ।
स्मार्ट डिजाइन, अत्याधुनिक प्रविधि र सन्तुलित प्रदर्शनका कारण अगावै चर्चामा रहेको लिपमोटर B10 मा ६७.१ ६७.१ kWh क्षमताको ब्याट्री जडान गरिएको छ ।
जसले एक पटकको पूर्ण चार्जमा ४६० किमी (WLTP) सम्मको रेञ्ज प्रदान गर्दछ। यसमा रहेको १६० Kw पावर क्षमताको मोटरले उत्कृष्ट पर्फर्मेन्स दिने विश्वास गरिएको छ भने युरोपेली NCAP बाट प्राप्त ५-स्टार सेफ्टी रेटिङ्गले यात्रु सुरक्षालाई अझ बलियो बनाएको छ।
स्निक प्रिभ्यू कार्यक्रममा सहभागीहरू गाडीको आकर्षक डिजाइन, इनोभेटिभ फिचरहरू र सहज ड्राइभिङ्ग अनुभवप्रति निकै उत्साहित देखिए। कार्यक्रममा उपस्थित अटोप्रेमीहरूले लिपमोटर B10 ले नेपाली इभी बजारमा गुणस्तरीय र किफायती विकल्पको नयाँ अध्याय शुरु गर्ने धारणा व्यक्त गरे।
साङ्ग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छा ले भने, “आजको स्निक प्रिभ्यू कार्यक्रम लिपमोटर B10 ले दिन सक्ने क्षमताको झलक मात्र हो। डिजाइन, प्रविधि र प्रदर्शनका हिसाबले यो साँच्चिकै 'Perfect 10' हो। हामी यसलाई NAIMA एक्स्पोमा सार्वजनिक रुपमा प्रस्तुत गर्न उत्साहित छौँ।”
NAIMA नेपाल मोबिलिटी एक्स्पो २०२५, जहाँ लिपमोटर B10 को औपचारिक लञ्च तथा मूल्य सार्वजनिक गरिनेछ, आगामी साउन २१ देखि २५ गते (अगस्ट ६–१०) सम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुँदैछ।
हालसम्मको अनुमानअनुसार, यसको मूल्य रु. ६० लाखभन्दा कम हुने अनुमान गरिएको छ, जसले यसलाई आफ्नो सेग्मेन्टमा एक बलियो प्रतिस्पर्धी बनाउनेछ।
गोल्छा अर्गनाइजेसन अन्तर्गतको साङ्ग्रिला मोटर्सले विगतदेखि नै पुजो, सिट्रन र लिपमोटर जस्ता विश्वप्रसिद्ध ब्रान्डहरूमार्फत वातावरणमैत्री तथा स्मार्ट मोबिलिटी समाधानहरू ल्याउने प्रयास गर्दै आएको छ। लिपमोटर B10 पनि यसै दिशातर्फको थप सशक्त पाइला भएको कम्पनीको दावी छ ।