एनआइसी एशिया बैंकका ग्राहकहरूले बुढानीलकण्ठको लेमोन ट्रि प्रिमियरमा २० प्रतिशतसम्म छुट पाउने

एनआइसी एशिया बैंकका ग्राहकहरूले बुढानीलकण्ठको लेमोन ट्रि प्रिमियरमा २० प्रतिशतसम्म छुट पाउने

बुधवार, साउन १४ २०८२
बुधवार, साउन १४ २०८२
  • एनआइसी एशिया बैंकका ग्राहकहरूले बुढानीलकण्ठको लेमोन ट्रि प्रिमियरमा २० प्रतिशतसम्म छुट पाउने

    एनआइसी एशिया बैंकका ग्राहकहरूले लेमोन ट्रि प्रिमियर, बुढानीलकण्ठमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकले बुढानीलकण्ठ हेरिटेज लिमिटेडले गरेको सम्झौता बमोजिम ग्राहकहरूले लेमोन ट्री प्रिमियरमा सेवा लिँदा विशेष छुट पाउने भएका हुन् । 

    images
    images

    उक्त सम्झौतापछि यस बैंकका ग्राहक महानुभावहरूले लेमोन ट्री प्रिमियर, बुढानीलकण्ठमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ । 

    ग्राहकहरूले उक्त होटलको आवास सेवा, खाना तथा पेय पदार्थमा १५ प्रतिशत र स्पा सेवामा २० प्रतिशतको विशेष छुट सुविधा उपभोग गर्न सक्नुहुनेछ ।  

    उक्त सम्झौता पत्रमा यस बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र बुढानीलकण्ठ हेरिटेजकातर्फबाट जनरल म्यानेजर मनोज कुमार थापाले हस्ताक्षर गरेका छन् । 

    यस सुविधाको उपभोग गर्न ग्राहकहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ । 

    बुढानीलकण्ठ हेरिटेज लिमिटेडसँगको यस सहकार्यले ग्राहकहरूलाई विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय