सन नेपाल एचिभर नाइट सम्पन्न,  ३५० भन्दा बढी अभिकर्ताहरू सहभागी

सन नेपाल एचिभर नाइट सम्पन्न,  ३५० भन्दा बढी अभिकर्ताहरू सहभागी

बुधवार, साउन १४ २०८२
बुधवार, साउन १४ २०८२
  • सन नेपाल एचिभर नाइट सम्पन्न,  ३५० भन्दा बढी अभिकर्ताहरू सहभागी

    जीवन बिमाको माध्यमबाट नेपालीको सुरक्षा सुनिश्चित गर्ने अभिकर्ताहरूको समर्पण र मेहनतको सम्मानस्वरूप सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भव्य कार्यक्रम ‘सन एचिभर्स नाइट २०८२’ सौराहास्थित होटल  सेभेन स्टार लिमिटेडमा सम्पन्न भएको छ। 

    images
    images

    कार्यक्रममा विभिन्न बिधाहरुमा सर्वोत्कृष्ट हुने अभिकर्ताहरूलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो । 

    ःम्च्त् २०२५, सर्वाधिक बिमालेख बिक्री, व्यक्तिगत तथा टिम व्यवसायमा सर्वाधिक बिमाशुल्क सङ्कलन, सर्वाधिक अभिकर्ता सक्रियता आदि विभिन्न विधाहरूमा अब्बल हुने अभिकर्ताहरुलाई सम्मान गरिएको हो ।

    साथै कम्पनीले ब्यवसायका आधारमा अभिकर्ताहरुलाई शुक्र, चन्द्र , मंगल तथा दी सन क्लब मा बर्गिकरण गरी सोही अनुसारको सम्मान पनि गरेको छ ।

    कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, प्रमुख बजार अधिकृत गणेश चौलागाइ लगायत बरिष्ठ प्रदाधिकारीहरुको उपस्थित रहेको थियो ।

    कार्यक्रममा सिइओ अर्यालले यस प्रकारको कार्यक्रमले अभिकर्ताहरूको व्यक्तित्व बिकास भई ग्राहक वर्गमा पुर्‍याउने सेवामा थप दक्षता अभिबृद्धि गरि कम्पनी प्रतिको निष्ठा, भरोसा, मिहिनेत र बिमितप्रतिको उत्तरदायित्वको नै कम्पनीको मेरुदण्ड भएको जानकारी गराए । 

    सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हाल देशभरका १४३ शाखाबाट जीवन बिमा व्यवसाय सञ्चालन गरिरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय