काठमाडौँ / नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को लागि नेपालमा टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डीकेटले विशेष अफर ल्याएको छ।
साउन २१ देखि २५ गते (अगस्ट ६ देखि १० तारिख)सम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने उक्त एस्क्पोमा युनाइटेड ट्रेडर्स सिन्डीकेटले ‘टोयोटा मेगा अफर’ ल्याउने भएको हो ।
एक्स्पोमा टोयोटाको तीन मोडल – Yaris Cross Hybrid Electric , Land Cruiser 250 प्रदर्शनमा राखिनेछन् ।
उक्त एक्स्पोमा टोयोटाको कुनै पनि बुकिङ गर्ने प्रत्येक ग्राहकले ‘मेगा डिस्काउन्ट’, ‘प्ल्याटिनम कार्ड’ साथै एक्स्पोमा बुकिंग गरिएका सवारी साधनको लागि जीवनभर पिकअप तथा ड्रप सुविधा (lifetime free pick up and drop service) पाइनेछ ।
स्टलमा आउने हरेक आगन्तुकले आकर्षक टोयोटा गिफ्ट ह्याम्पर प्राप्त गर्नुहुनेछ । यो अफर नेपाल मोबिलिटी एक्स्पो २०२५ मा बुकिंग गर्ने ग्राहकहरूको लागि मात्रै उपलब्ध हुने युनाइटेड ट्रेडर्सले जनाएको छ ।