नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले आइपिओ निष्काशन गर्ने, सनराइज क्यापिटल बिक्री प्रबन्धक

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले आइपिओ निष्काशन गर्ने, सनराइज क्यापिटल बिक्री प्रबन्धक

मंगलवार, साउन १३ २०८२
मंगलवार, साउन १३ २०८२
  • नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले आइपिओ निष्काशन गर्ने, सनराइज क्यापिटल बिक्री प्रबन्धक

    काठमाडौँ / नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । 
    कम्पनीले रू.१०० अंकित दरका ३० लाख कित्ताले हुन आउने ३० करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने भएको हो । 

    images
    images

    कम्पनीले आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । 

    उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डका तर्फबाट अध्यक्ष डा. मनिष थापाले हस्ताक्षर गरेका छन् । 

    नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्ड लिमिटेड नेपालको अग्रणी स्थायी पूँजी साधन लगानी संस्था हो, जसलाई ग्लोबल इक्विटी फण्डले व्यवस्थापन गर्दै आएको छ । 

    ग्लोबल इक्विटी फण्ड नेपालको पहिलो नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फण्ड प्रबन्धक हो ।
    नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्ड लिमिटेडले भौतिक पूर्वाधारको विकासको लागि स्वच्छ उर्जा, यातायात, विद्युतीय सवारी साधन, सौर्य, जलविद्युत, सूचना प्रविधि, कृषि र आतिथ्य जस्ता प्रमुख क्षेत्रहरूमा सञ्चालन हुने कम्पनीहरूमा पूँजी परिचालन गरिसकेको छ ।

    यस संस्थालाई नेपाल कै अग्रणी इन्स्योरेन्स संस्थाहरू हिमालयन लाइफ इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, प्रभु महालक्ष्मी इन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स का साथै व्यवसायी राजेन्द्र खेतान र बसन्त चौधरीले प्रवर्द्धन गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय