खुनी, हत्यारा र भ्रष्टाचारीहरूलाई कसरी छुटाउने भनेर कांग्रेस-एमालेलाई ठुलो पिर छ : धवल शमशेर

खुनी, हत्यारा र भ्रष्टाचारीहरूलाई कसरी छुटाउने भनेर कांग्रेस-एमालेलाई ठुलो पिर छ : धवल शमशेर

मंगलवार, साउन १३ २०८२
मंगलवार, साउन १३ २०८२
  • खुनी, हत्यारा र भ्रष्टाचारीहरूलाई कसरी छुटाउने भनेर कांग्रेस-एमालेलाई ठुलो पिर छ : धवल शमशेर

    काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं प्रतिनिधिसभा सदस्य डा.धवलशमशेर जबराले संवैधानिक परिषद्का पदाधिकारीहरू दुई जनाको बहुमतले पनि नियुक्ति गर्न सक्ने व्यवस्था गरिनु संविधानको भावना विपरीत हुने बताएका छन् ।

    images
    images

    आज काठमाडौँमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले ६ सदस्यीय परिषद्मा कम्तिमा ४ सदस्यहरूको बहुमतबाटै नियुक्ति गर्ने प्रक्रिया उपयुक्त हुने बताएका हुन् । 

    “संवैधानिक परिषद् भनेको देशलाई लाइनमा राख्न, देशको हितमा संवैधानिक नियुक्तिका लागि बनाएको संस्था हो । त्यो बहुमतबाट नियुक्ति हुनुपर्छ भन्ने कुरा उत्तम छ । यसलाई दुई जनाले निर्णय गर्दिँदाखेरी संविधानको मर्म, बनाउने व्यक्तिहरूको चाहनाविपरीत हुनेछ,” उनले भने । 

    साथै, उनले अहिले दुई ठूला दल मिलेर सरकार बनाएको र जस्तोसुकै विधेयक पनि पारित हुने अवस्था रहेको उनले बताए । यसले देशको प्रजातन्त्रलाई निकै घाटा हुने उनले बताए । 

    “अहिलेको परिस्थितिमा दुईवटा ठूला दल मिलेर सरकार बनाएका छन् । दुईटाको नेताबीचमा जुन सहमति हुन्छ, त्यसैलाई उहाँका सबै नेताहरूले लालमोहर लगाउनुपर्छ । त्यो विस्तारै ऐन बन्छ । यसले ठूलो घाटा प्रजातन्त्रलाई भएको छ,” उनले भने । 

    साथै, उनले फौजदारी कार्यविधि संहिताको दफा १५९ को उपदफा ४ ले निषेध गरेको कसुरमा आममाफी दिन नहुने बताए । केही जघन्य अपराधहरूलाई आममाफी गर्न मिल्दैन भनेर संविधानमा प्रष्ट लेखिएको उनले बताए ।  खुनी, हत्यारा र भ्रष्टाचारीहरूलाई कसरी छुटाउने भनेर कांग्रेस–एमालेलाई ठूलो पिर परेको उनले बताए । 

    उनले निजामति सेवा ऐनमा कुलिङ पिरियड राख्न जरुरी रहेको बताए । कुलिङ अफ पिरियड नराख्ने हो भने झन–झन भ्रष्टाचार मौलाउने उनको भनाइ छ । उनले अहिले गणतन्त्रको मजाक भइरहेको बताए ।

    “यो गणतन्त्र मजाक भएको छ । नेताहरूको पेवा भएको छ । देशको र जनताको हितमा छैन यो संघीयता र गणतन्त्र । हामी चिच्याउँदै चिच्याउँदै आएका छौँ । जनताले बल्ल सुन्न कान ठाडो पारेको हामीले अनुभव गरेका छौँ । नेताहरूले सबक सिकेका छैनन् । यस्ता–यस्ता विधेयक ल्याउने प्रयासमा छन्,” उनले भने । 

    उनले गणतन्त्रले नेपाली जनताको भविष्य समाप्त पारेको आरोप लगाए । अब नेपाली जनताले गणतन्त्रलाई चलाउने पात्रलाई विश्वास गरिरहन नहुने उनको भनाइ छ । सनतान धर्मसपेक्ष हिन्दु राज्य  संवैधानिक राजतन्त्र आफूहरूको मूल एजेण्डा रहेको पनि उनले बताए । 
      
    “यो देशमा सनातन धर्मसापेक्ष हिन्दु अधिराज्य चाहिन्छ । हामीले खोजेको संवैधानिक राजा । नेपाली जनताको छोरा र छोरीले राजनीति गर्ने हो । राजालाई हामीले राजनीतिमा तान्न खोजेको होइन,” उनले भने । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय