नेप्से परिसूचक ३ हजार बिन्दुमाथि, मुक्तिनाथ कृषिसहित ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

नेप्से परिसूचक ३ हजार बिन्दुमाथि, मुक्तिनाथ कृषिसहित ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

मंगलवार, साउन १३ २०८२
मंगलवार, साउन १३ २०८२
  • नेप्से परिसूचक ३ हजार बिन्दुमाथि, मुक्तिनाथ कृषिसहित ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

    काठमाडौँ / साताको तेस्रो कारोबार दिन नेप्से परिसुचक ३०.७६ अङ्कले बढेसँगै ३००२.०७ बिन्दुमा पुगेर रोकिएको छ । अघिल्लो कारोबार दिन नेप्से परिसूचक २.६१ अङ्क बढेको थियो । नेप्से परिसूचक गणनामा भएको त्रुटिका कारण पहिले २.०७ अङ्कले घटेको भनिएको बजारपछि बढेको देखिएको हो ।

    images
    images

    यस दिन कुल ३२१ स्टकको १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार ८८५ रुपैयाँ बराबरको ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता सेयर कारोबार भएको छ । सोमबार १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार ३४ रुपैयाँ बराबरको ४ करोड ४१ लाख २४ हजार ९२४ कित्ता सेयर कारोबार भएको थियो ।

    आज सेन्सेटिभ इन्डेक्स ३.६६ अङ्कले बढेको छ । फ्लोट इण्डेक्स १.९७ अङ्कले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने १.१२ अङ्कले बढेको छ ।

    मङ्गलबार विकास बैंक, वित्त र व्यापार समूहबाहेक सबै समूहको परिसूचक बृद्धि भएको छ । जसमध्ये सबैभन्दा बढी अन्य सेक्टर २.५८ प्रतिशत, लघुवित्त १.६९ प्रतिशत, बैंकिङ उपसमूह १.३२ प्रतिशत र निर्जीवन बिमा समूह १.१२ प्रतिशतले बढेको छ । अन्य सेक्टर भने सामान्य बढेका छन् । 

    यसदिन मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी र नाडेप लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    यसदिन मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६२.७३ रुपैयाँले बढेर १७९०.५० रुपैयाँमा अन्तिम कारोबार भएको छ । ट्रेड टावर लिमिटेडको सेयर मूल्य प्रतिकित्ता ७८.४० रुपैयाँले बढेर ८६२.७० रुपैयाँमा अन्तिम काराबार भएको छ । त्यसैगरी सान्भी इनर्जीको सेयर मूल्य प्रतिकित्ता ६९.९० रुपैयाँले बढेर ७६९ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने नाडेप लघुवित्तको सेयर मूल्य पनि प्रतिकित्ता ९३.०२ रुपैयाँले बढेर १०२३.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

    यसदिन समता घरेलु लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । यस कम्पनीको सेयर मूल्य १०८.०६ रुपैयाँले घटेर प्रतिकित्ता ११४८.४८ रुपैयाँमा अन्तिम कारोबार भएको छ । बिन्ध्यवासिनी हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता १७.९९ रुपैयाँले घटेर ५९५.५१ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

    यसदिन हिमालयन डिस्टिलरी लिमिटेड, ग्रिन भेन्चर्स लिमिटेड, नेपाल रिइन्स्योरेन्स लिमिटेड, हिमालयन रिइन्स्योरेन्स र राधी जलविद्युत कमपनीको सेयर सबैभन्दा धेरै कारोबार भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय