दयनीय अवस्थामा खुट्टी सिँचाइ नहर : छैन पानी, देख्दैन/सुन्दैन सरकार

दयनीय अवस्थामा खुट्टी सिँचाइ नहर : छैन पानी, देख्दैन/सुन्दैन सरकार

मंगलवार, साउन १३ २०८२
मंगलवार, साउन १३ २०८२
  • दयनीय अवस्थामा खुट्टी सिँचाइ नहर : छैन पानी, देख्दैन/सुन्दैन सरकार

    सिरहा / लहान–१० स्थित ग्रामीण चोकबाट उत्तरतर्फ खुट्टी नदीसम्म सहरी क्षेत्रमा फैलिएको खुट्टी सिँचाइ नहरको अवस्था अत्यन्तै दयनीय बनेको छ । 

    images
    images

    प्रदेश सरकारको रु आठ करोड ७२ लाख लगानीमा २०७८ सालमा निर्माण भएको नहर हाल अलपत्र अवस्थामा पुगेको छ ।

    सिँचाइका लागि निर्माण गरिएको नहर अहिले ठाउँठाउँमा जमेको फोहर, झारपात र ढल मिसिएको पानीले दुर्गन्ध फैलाउने अवस्थामा पुगेको छ। 

    स्थानीयवासी तथा खुट्टी नहर सिँचाइ सङ्घर्ष समितिले पटकपटक आवाज उठाउँदा पनि सम्बन्धित निकायले बेवास्ता गर्दै आएको जनाइएको छ । 

    सङ्घर्ष समितिका संयोजक धर्मराज चौधरी, सदस्य हेमन्त यादव, अजय चौधरीलगायतले मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी समक्ष सोमबार  गुनासो पोख्दै नगर मर्मत गर्न आग्रह गरेका छन् । 

    उहाँहरूले नहर सञ्चालनका लागि छुट्याइएको रु १५ लाख अपार्याप्त रहेको जनाउँदै पुनः ध्यानाकर्षण गराए ।

    मन्त्री लेखीले किसानहरूको समस्या सम्बन्धित मन्त्रालय र विभाग बढी जिम्मेवार रहेको औँल्याउँदै आफूबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय