विश्व बाघ दिवस मनाइँदै

विश्व बाघ दिवस मनाइँदै

मंगलवार, साउन १३ २०८२
मंगलवार, साउन १३ २०८२
  • विश्व बाघ दिवस मनाइँदै

    काठमाडौंँ / मंगलबार(आज) विश्व बाघ दिवस मनाइँदैछ । हरेक वर्ष जुलाई २९ मा विश्व बाघ दिवस मनाउने प्रचलन छ । ‘सहअस्तित्व र आयाआर्जन, बाघ संरक्षणको लागि मानव व्यवहार परिर्वतन’ भन्ने नाराका साथ माघ दिवस मनाउन लागिएको हो । यस अवसरमा नेपालका विभिन्न निकुन्ज एवम पर्सा, चितवन, बर्दिया, बाँकेलगायतका स्थानमा विविध कार्यक्रमहरूको तय गरिएको छ । 

    images
    images

    विशेषत बाघ विश्वभर १४ वटा देशमा मात्रै पाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक वर्ष २९ जुलाईका दिनलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने घोषणा गरेअनुरूप नेपालमा पनि यो दिवस मनाउन लागिएको हो । 

    नेपालले वि सं २०६७ देखि बाघ दिवस मनाउँदै आएको छ । नेपाललगायत विश्वका १३ देशमा पाटेबाघ पाइन्छ । विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सेन्टपिटर्सवर्ग सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो ।

    तर अहिले २०२५ सम्म आँउदा बाघको सङ्ख्या वृद्धि भइ ३ सय ५५ पुगेको छ । यसका लागि स्थानीय सरकारदेखि सरोकारवाला निकायहको पनि निकै पहल गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय