मङ्गलबारको राशिफल : आज नाग पञ्चमीको दिन कसका लागि शुभ कसका लागि अशुभ ?

मङ्गलबारको राशिफल : आज नाग पञ्चमीको दिन कसका लागि शुभ कसका लागि अशुभ ?

मंगलवार, साउन १३ २०८२
मंगलवार, साउन १३ २०८२
  • मङ्गलबारको राशिफल : आज नाग पञ्चमीको दिन कसका लागि शुभ कसका लागि अशुभ ?

    आज वि.सं. २०८२ साल साउन १३ गते, मङ्गलबार तदनुसार ईश्वी सन् २०२५ जुलाई २९ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, दक्षिणायनं, वर्षा ऋतु, श्रीशाके १९४७, श्रावण शुक्लपक्ष, पञ्चमी तिथी, उत्तराफाल्गुनी नक्षत्र, आनन्दादिमा-धाता योग, चन्द्रराशि-कन्या, नाग पञ्चमी व्रत, विश्व बाघ दिवस ।

    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    आर्थिक दृष्टिले यस अवधि उतारचढावयुक्त रहनेछ। स्वास्थ्य समस्याले खर्च बढ्नेछ भने सेयर बजारमा जोखिमबीच पनि नाफा सम्भव छ। भौतिक सम्पत्ति र विलासी सामान उपहारको रूपमा प्राप्त हुने योग छ। महत्वकांक्षी योजनाहरू अघि बढे पनि बाधाहरू प्रशस्तै देखिनेछन्। काममा ढिलाइ, नियमको झमेलाले लक्ष्यमा पुग्न समय लाग्न सक्छ। आर्थिक निर्णयमा सतर्कता आवश्यक छ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    बैंक तथा वित्तीय क्षेत्रमा लाभदायक अवसर मिल्नेछ। पहिलेका प्रयासबाट आर्थिक लाभ प्राप्त हुनेछ। उपहार र छोटो यात्राबाट मन प्रसन्न रहनेछ। शुभचिन्तकको साथले समस्या समाधानमा सहयोग पुग्नेछ। तर परिस्थिति अनुकूल नहुनाले लक्ष्यमा ढिलाइ हुनेछ। मेसो नमिल्दा आर्थिक काममा दोहोरो प्रयास गर्नुपर्ने देखिन्छ। योजनालाई गोप्य राखेर अघि बढ्दा सफलता पाउने सम्भावना छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    सेयर बजार र औद्योगिक क्षेत्रमा लगानीबाट फाइदा मिल्नेछ। भौतिक सम्पत्ति र सवारी साधनको प्रयोगले आम्दानी बढ्नेछ। राजनीतिक र आर्थिक क्षेत्रका व्यक्तिका लागि दिन शुभ देखिन्छ। तर, व्यापार र आर्थिक काममा मन्दी आउन सक्नेछ। अवसर चुक्न सक्ने भएकाले योजना सावधानीपूर्वक अघि बढाउनु पर्नेछ। तत्कालको लाभले दीर्घकालीन घाटा निम्त्याउन सक्छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    असजिलो परिस्थितिमा पनि उद्योग, व्यापार र प्रेससम्बन्धी कामबाट आम्दानी प्राप्त हुनेछ। वित्तीय बजारमा लगानी गर्दा फाइदा हुनेछ। नयाँ कामको जग बसाउने अवसर छ। व्यापार व्यवसायमा सामान्य लाभ हुनेछ भने जिम्मेवारीको उचित प्रतिफल पाइनेछ। तर विवादास्पद जिम्मेवारी तथा मनमुटावले समस्या निम्त्याउन सक्छ। नियमअनुसार अघि बढ्दा आर्थिक सफलता सुनिश्चित हुन सक्छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    आर्थिक क्षेत्रमा बोलीको प्रभावमार्फत काउन्सेलिङ, मोटिभेसन र कला-सङ्गीतबाट आम्दानी बढ्नेछ। स्रोत साधन जुटेर व्यापार र सेयरमा लगानीको अवसर मिल्नेछ। सानो प्रयासले जीवनशैलीमा सुधार आउनेछ। अध्ययन र रचनात्मक क्षेत्रमा प्रगति हुनेछ। शुभचिन्तकको साथ र लगनशीलताले आर्थिक सफलता र सम्मान प्राप्त हुनेछ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    प्रविधिको प्रयोगमार्फत रचनात्मक कार्यबाट राम्रो आम्दानी हुनेछ। व्यापार र सेयर बजारमा लगानी गर्दा नाफा कमाइनेछ। पढाइमा सफलता मिल्नेछ भने पहिलेका प्रयासहरू उपलब्धिमूलक बन्नेछन्। सहयोगीहरूबाट साथ पाइनुका साथै समाजसेवा र राजनीतिमा सक्रियता बढ्नेछ। प्रतिष्ठा र सम्मान प्राप्त हुनेछ। नयाँ कामको शुभारम्भ गर्न अनुकूल समय रहनेछ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    धार्मिक र सामाजिक काममा सक्रिय रहँदा पनि पेसा-व्यवसाय स्वचालित रूपमा सञ्चालन हुनेछ। आर्थिक पक्ष सुदृढ रहनेछ। विदेश यात्रा र वैदेशिक रोजगारीमा संलग्नहरूका लागि दिन लाभदायक हुनेछ। सेयर वा व्यापारमा सतर्कता अपनाउँदा सफलता मिल्नेछ। फजुल खर्च बढ्न सक्ने भएकाले सोचविचार आवश्यक छ। बुद्धिको प्रयोगले लक्ष्य पहिल्याउन सकिनेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    आर्थिक अवस्था सुदृढ भई नयाँ योजनामा लगानीको उचित समय हुनेछ। वित्तीय र व्यापारिक क्षेत्रमा आम्दानीको सम्भावना छ। बुवाबाट वा बडो मानिने व्यक्तिबाट आर्थिक सहयोग प्राप्त हुनेछ। सेयर, चल(अचल धनको प्रयोगबाट आंशिक लाभ मिल्नेछ। तर, सजग नहुँदा श्रमको फाइदा अरूले उठाउने खतरा छ। पुराना समस्याले सञ्चित रकम खर्च गराउन सक्छ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    राजनीति, समाजसेवा, व्यापार र सेयर बजारमा सफलता मिल्नेछ। योजनाहरू सफलतापूर्वक कार्यान्वयन भई दीर्घकालीन आर्थिक लाभको बाटो खुल्नेछ। परिवारसँगको समय रमाइलो हुनेछ भने पढाइमा पनि सहज सफलता प्राप्त हुनेछ। रोजगारका नयाँ अवसर मिल्नेछ। तर, स्वार्थी व्यक्तिबाट सावधानी अपनाउनु आवश्यक छ। श्रमको मूल्यांकन भए पनि प्रतिफलमा ढिलाइ हुन सक्छ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    धार्मिक र अध्यात्म क्षेत्रमा रुचि बढ्दै लामो यात्रा हुनेछ। व्यापार, सेयर बजार र प्रशासनिक क्षेत्रमा सम्मानजनक सफलता मिल्नेछ। आर्थिक लाभ अवश्य हुनेछ भने योजना पूरा नहुँदा पनि फाइदा रहनेछ। स्वास्थ्यमा सजग रहनुपर्नेछ। चुनौतीपूर्ण जिम्मेवारीमा बुद्धि र सहयोगीको साथले काम सफल पार्न मद्दत गर्नेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    नसोचेको धन र सम्पत्ति प्राप्त हुने समय छ। आफन्त र दिदीबहिनीको सहयोगले व्यापार र सेयर बजारमा वृद्धि हुनेछ। शुभ समारोहमा सहभागी भई मिष्टान्न भोजनको अवसर पनि हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। तर विवाद, कामको चाप र परिबन्धले मानसिक तनाव र स्वास्थ्यमा कमजोरी आउने सम्भावना छ। मेहनतको उचित फल नपाउन सक्ने स्थिति पनि छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    माया–प्रेममा नजिकिएर दाम्पत्य जीवन सहज हुनेछ। आर्थिक अवस्था मजबुत भई व्यापार र सेयर बजारमा लगानीबाट राम्रो आम्दानी हुनेछ। लामो मनोरञ्जनात्मक यात्रा हुनेछ र पढाइमा प्रगति हुने छ। भौतिक साधनले मन आकर्षित गर्नेछ। वातावरण रमाइलो रहनेछ, उपहारले उत्साह थप्नेछ। परिवारको साथले नयाँ कामतर्फ उन्मुख गराउनेछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय