काठमाडौँ / नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले कर्णाली डेभलपमेन्ट बैंकमा ३ अर्ब २० करोड रुपैयाँको अपचलन भएको ठहर गर्दै १०८ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ।
ब्युरोले लामो समयसम्म अनुसन्धान गरी तयार पारेको प्रतिवेदन सरकारी वकिल कार्यालय, बाँकेमा बुझाइएको हो। सिआइबीका अनुसार अपचलन प्रकरणमा संलग्न ठहर गरिएका १०८ मध्ये ३ जना सञ्चालक समितिका अध्यक्षहरू, ८ जना बैंकका उच्च पदाधिकारी, ४ जना प्रमुख सेयरधनी तथा ४० जना ऋणी रहेका छन्।
बाँकीहरू बैंकको आन्तरिक संरचना, सहायक कर्मचारी र विभिन्न बाह्य व्यक्तिहरू रहेका छन् जसले योजनाबद्ध तरिकाले वित्तीय अपचलनमा संलग्न भएको सिआइबीको दाबी छ।
ब्युरोका अनुसार बैंकको ऋण प्रवाह, सम्पत्ति मूल्याङ्कन, र कर्जा फिर्ता प्रक्रियामा व्यापक अनियमितता देखिएको छ। हाल यो मुद्दा सरकारी वकिलको निर्णयपछि अदालतमा जाने प्रक्रिया अघि बढ्नेछ।