एनआइसी एशिया बैंकका ग्राहकहरूलाई कान्तिपुर डेन्टलमा दाँत उपचार गर्दा १५ प्रतिशतसम्म छुट

एनआइसी एशिया बैंकका ग्राहकहरूलाई कान्तिपुर डेन्टलमा दाँत उपचार गर्दा १५ प्रतिशतसम्म छुट

सोमवार, साउन १२ २०८२
सोमवार, साउन १२ २०८२
  • एनआइसी एशिया बैंकका ग्राहकहरूलाई कान्तिपुर डेन्टलमा दाँत उपचार गर्दा १५ प्रतिशतसम्म छुट

    काठमाडौँ / एनआइसी एशिया बैंकका ग्राहकहरूले कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी)मा दाँतको उपचार गराउँदा विशेष छुट पाउने भएका छन् । 

    images
    images

    बैंकले दाँतको उपचार सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा कान्तिपुर डेन्टलसँग सम्झौता गरेसँगै बैंकका ग्राहकहरूले विशेष छुट पाउने भएका हुन् । 

    सो सम्झौतापछि बैंकका ग्राहकहरूले विभिन्न ठाउँमा रहेका कान्तिपुर डेन्टलका शाखाहरूमा दाँत उपचार गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ । 

    ग्राहकहरूले जनरल हस्पिटल सेवाहरू ९ल्याब टेस्ट, बेड चार्ज, आइसियू, पोस्ट अप बेड चार्ज)मा १५ प्रतिशत, फिजिओथेरापी तथा आई ग्लास र जनरल डेन्टल सेवाहरू (डेन्टल फिलिङ, डेन्टल स्केलिङ, आरसिटी एण्ड एक्स्ट्राक्सन इटिसी)मा १० प्रतिशत छुटका साथै दाँतको विशेष उपचार सेवा (Dental Implants, Veneer, Braces lAigner, Dermatologist) मा ७ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । 

    ग्राहकहरूले काठमाडौँस्थित जोरपाटीमा केडीसी एस्थेटिक सेन्टर÷कान्तिपुर डेन्टल सेन्टर र पोखरास्थित न्युरोडमा कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्स एण्ड डेन्टल हस्पिटलमा उक्त छुट प्राप्त गर्न सक्नुहुनेछ भने कान्तिपुर डेन्टर सेन्टरका नाममा काठमाडौँस्थित सतुंगल, चितवनस्थित भतरपुर, बुटबलस्थित भल्वारी तिलोत्तमा उक्त छुट सुविधा उपभोग गर्न सक्नुहुनेछ ।  

    यस सुविधाको उपभोग गर्न ग्राहकवहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । 

    कान्तिपुर डेन्टलसँगको उक्त सहकार्यले ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय