प्रधानमन्त्री ओलीले द्रुतमार्गको सुरुविन्दु समस्या समाधानका लागि पहल गर्ने

प्रधानमन्त्री ओलीले द्रुतमार्गको सुरुविन्दु समस्या समाधानका लागि पहल गर्ने

सोमवार, साउन १२ २०८२
सोमवार, साउन १२ २०८२
  • प्रधानमन्त्री ओलीले द्रुतमार्गको सुरुविन्दु समस्या समाधानका लागि पहल गर्ने

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको खोकना इलाकाको निर्माणका लागि देखिएका समस्या समाधानका लागि सम्बन्धित मन्त्रीसहित उच्चाधिकारीसँग ब्रिफिङ लिई समाधानका लागि पहल लिने भएका छन् । 

    images
    images

    आइतबार प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको छलफलमा उक्त आयोजनाको हालको प्रवेश विन्दुु ललितपुर महानगरपालिका–२१ को खोकनाको फुडोलमा कायम हुँदा देखिएका समस्या समाधानका लागि हालसम्म प्राप्त अध्ययन र विकल्पका सुझावबारे परामर्श भएको हो । 

    खोकना क्षेत्र नेवार समुुदायको धार्मिक तथा सांस्कृतिक सम्पदा रहेकोले त्यसलाई सम्बोधनका लागि विभिन्न विकल्पमाथि छलफल भएको छ । 

    छलफलपछि प्रधानमन्त्री ओलीले विवाद र समस्यालाई लामो समय अन्योलमा नराखी स्थानीयवासीको माग सक्दो सम्बोधन गरेर आयोजनालाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिए । 

    छलफलमा भौतिक यातायात तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, प्रधानसेनापति अशोकराज सिग्देल, दुवै मन्त्रालयका सचिवहरूको उपस्थिति थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय