सिद्धार्थ बैंकका ग्राहकहरूलाई सारंग हेल्थ केयरको सेवामा १० प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकहरूलाई सारंग हेल्थ केयरको सेवामा १० प्रतिशतसम्म छुट

शुक्रवार, साउन ९ २०८२
शुक्रवार, साउन ९ २०८२
  • सिद्धार्थ बैंकका ग्राहकहरूलाई सारंग हेल्थ केयरको सेवामा १० प्रतिशतसम्म छुट

    काठमाडौँ / सिद्धार्थ बैंक र सारंग हेल्थ केयर प्रा.लि. बिच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।  सम्झौताअनुसार बखुडोल, ललितपुर स्थित सारंग हेल्थ केयरमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा विशेष छुट पाउने भएका छन् । 

    images
    images

    ग्राहकहले क्लिनिकल सेवाहरूको भुक्तानी गर्दा ५ प्रतिशतसम्मको छुट तथा ल्याबोरेटरी सेवाहरूको भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । 

    सो सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
    यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा फोन वा इमेलमार्फत पनि सम्पर्क गर्न सकिनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय