अमेरिकाद्वारा ब्राजिलियन आयातमा चर्को शुल्क लगाउने घोषणा, मह उद्योगहरू प्रभावित

अमेरिकाद्वारा ब्राजिलियन आयातमा चर्को शुल्क लगाउने घोषणा, मह उद्योगहरू प्रभावित

बिहिवार, साउन ८ २०८२
बिहिवार, साउन ८ २०८२
  • अमेरिकाद्वारा ब्राजिलियन आयातमा चर्को शुल्क लगाउने घोषणा, मह उद्योगहरू प्रभावित

    एजेन्सी / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलियन आयातमा चर्को शुल्क लगाउने धम्की दिएपछि त्यसको असर देखिन थालेको छ । जसका कारण आपूर्तिकर्ताहरूले ढुवानी रोक्न बाध्य भएका छन्। साथै ब्राजिलको मह उद्योग अनिश्चिततासँग जुधिरहेको छ ।

    images
    images

    जुलाई ९ मा, ट्रम्पले अगस्ट १ देखि ब्राजिलबाट आयात हुने सबै सामानहरूमा ५० प्रतिशत भन्सार लगाउने योजनाको घोषणा गरेका थिए । जसले ब्राजिलियन मह उद्योगमाथि छायाँमा पारेको छ । ८० प्रतिशतभन्दा बढी जैविक मह अमेरिकामा निर्यात हुँदै आएको थियो । 

    देशको उत्तरपूर्वी राज्य पिआउईमा रहेको पिकोस मह उत्पादनको केन्द्र हो। अमेरिकी नीतिले उक्त क्षेत्र बढी प्रभावित छ । 

    यतिबेला पिकोसका गोदामहरू अमेरिकी बजारको लागि तयार गरिएका महका ब्यारेलहरूले भरिएका छन् । महले गुणस्तर नियन्त्रण परीक्षणहरू पास गरे पनि ढुवानीहरू रोकिएका छन् ।

    पिकोसबाट महका ब्यारेलहरू अमेरिका पठाउनुअघि ५०० किलोमिटरभन्दा बढी बन्दरगाह शहर फोर्टालेजामा ढुवानी गर्नुपर्छ । जसका लागि १५ देखि २५ दिन यात्राको समय लाग्छ । शुल्क घोषणा हुनुभन्दा अघि बन्दरगाहमा पुगेका ब्यारेलहरू पनि अवरूद्ध भएका छन ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय