देउवालाई सिएनआई पदाधिकारीहरुले सुनाए – एक दशकमा मुलुकको अर्थतन्त्रको आकार १०० अर्ब डलर पुर्याउने लक्ष्य छ

देउवालाई सिएनआई पदाधिकारीहरुले सुनाए – एक दशकमा मुलुकको अर्थतन्त्रको आकार १०० अर्ब डलर पुर्याउने लक्ष्य छ

बुधवार, साउन ७ २०८२
बुधवार, साउन ७ २०८२
  • देउवालाई सिएनआई पदाधिकारीहरुले सुनाए – एक दशकमा मुलुकको अर्थतन्त्रको आकार १०० अर्ब डलर पुर्याउने लक्ष्य छ

    काठमाडौं/ नेपाल उद्योग परिसंघ र पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेर बहादुर देउवाबीच छलफल भएको छ । 

    images
    images

    परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ पदाधिकारीहरुसँगको छलफलमा पूर्व प्रधानमन्त्री देउवाले निर्वाचित कार्यसमितिलाई बधाई दिदै सफल कार्यकालको शुभकामना दिए ।

    सो अवसरमा उनले खुला बजार अर्थतन्त्रको पक्षपोषक कांग्रेसले निजी क्षेत्रको विकासका लागि जोड दिदै आएको बताए । 

    परिसंघका नवनिर्वाचित अध्यक्ष पाण्डेले परिसंघले आगामी एक दशकमा मुलुकको अर्थतन्त्रको आकार १०० अर्ब डलर र दोहोरो अंकको आर्थिक बृद्धि गराउने लक्ष्य लिएको बताए । 

    यो लक्ष्य हासिल गर्न ८ वटा क्षेत्रलाई केन्द्रमा राख्नुपर्ने प्रारम्भिक अध्ययनले देखाएको र वृहद अध्ययन सुरु गरेको जानकारी गराए । 

    परिसंघले यो उपलब्धी हासिल गर्न कुन क्षेत्रमा कति लगानी आवश्यक रहेको र कानुनी एवं नीतिगत सुधार कस्तो हुनुपर्ने स्पष्ट रुपमा सुझाव तयार पार्ने बताए । 

    छलफलमा परिसंघका उपाध्यक्षहरु राज बहादुर शाह, हेम राज ढकाल, महानिर्देशक डा.घनश्याम ओझालगायत सहभागी  थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय