निभिक्स् फर्मास्यूटिकल्स्ले निष्काशन गर्न लागिएको १३,७५,००० कित्ता साधारण शेयरको ब्यवस्थापन कार्य मुक्तिनाथ क्यापिटललाई

निभिक्स् फर्मास्यूटिकल्स्ले निष्काशन गर्न लागिएको १३,७५,००० कित्ता साधारण शेयरको ब्यवस्थापन कार्य मुक्तिनाथ क्यापिटललाई

बुधवार, साउन ७ २०८२
बुधवार, साउन ७ २०८२
  • निभिक्स् फर्मास्यूटिकल्स्ले निष्काशन गर्न लागिएको १३,७५,००० कित्ता साधारण शेयरको ब्यवस्थापन कार्य मुक्तिनाथ क्यापिटललाई

    काठमाडौं/ निभिक्स फर्मास्यूटिकल्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको १३ लाख ७५,००० कित्ता साधारण शेयरको प्रत्याभूति व्यवस्थापन कार्य गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ । 

    images
    images

    उक्त सम्झौता पत्रमा निष्काशन कम्पनीकोतर्फबाट प्रबन्ध सञ्चालक इन्द्र वानिया र मुक्तिनाथ क्यापिटल लिमिटेडकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

    उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष कालिदास पौडेल, संचालक फार्मासिस्ट सुजन चन्द्र सिग्देल, चार्टर्ड अकाउन्टेन्ट अनिल पौडेल को पनि सहभागिता रहेको थियो । 

    वि.सं.२०७४ सालमा स्थापना भएको निभिक्स फर्मास्यूटिकल्सले मिति २०८१/ ०९/ ०२ गते पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भई औषधि व्यवस्था विभागबाट समेत उत्पादन तथा बजारीकरणको दर्ता प्रमाणपत्र प्राप्त गरिसकेको छ । 

    कम्पनीले हाल ५६ प्रकारका औषधिहरु उत्पादन तथा बजारमा बिक्री वितरण गर्दै आएको छ ।

    कम्पनीले मुख्य रुपमा मुटु रोग, मधुमेह, श्वास–प्रश्वास, कलेजो र पेटसम्बन्धी रोगहरुको उपचारमा प्रयोग हुने औषधिहरु उत्पादन गर्दै आइरहेको छ तथा नयाँ औषधिहरुमा अनुसन्धान तथा उत्पादन विस्तारको तयारी पनि गरिरहेको छ । 

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय