काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलले नेसनल ल्याण्ड कभर म्याप २०२०–२०२२ ( राष्ट्रिय भू–ढकान नक्शा) आज राष्ट्रपति भवन शीतलनिवासमा सार्वजनिक गरेका छन् ।
वन तथा वातावरण मन्त्रालय वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रद्धारा प्रकाशित सो भू–क्षेत्र नक्शा केन्द्रका निर्देशक डा राजेन्द्र केसीले राष्ट्रपति पौडेललाई प्रदान गरेका थिए ।
सो अवसरमा राष्ट्रपति पौडेलले नक्सा र कागजमा भएजस्तै फिल्डमा पनि जंगल कायम हुनुपर्ने बताए । उनले वनबाट कमाउने अभियान र वनमासाबाट वन जोगाउन सबै प्रकारका उपाय अवलम्वन गर्नुपर्नेमा जोड दिए ।
सार्वजनिक भएको सो नक्शामा उल्लेख भए अनुसार देशभर जंगलको क्षेत्र ४६ दशमलव शून्य आठ प्रतिशत रहेको छ भने बागमती प्रदेशमा ५८ दशमलव ६२ प्रतिशत रहेको छ ।