प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने हो भने आधा भ्रष्टाचार घट्छ : जनार्दन शर्मा

प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने हो भने आधा भ्रष्टाचार घट्छ : जनार्दन शर्मा

मंगलवार, साउन ६ २०८२
मंगलवार, साउन ६ २०८२
  • प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने हो भने आधा भ्रष्टाचार घट्छ : जनार्दन शर्मा

    काठमाडौँ / नेकपा (माओवादी केन्द्र)का उप-महासचिव तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र गर्न नदिने हो भने मुलुकको आधा भ्रष्टाचार त्यसै घट्ने बताएका छन्।

    images
    images

    ४७औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आज आयोजित ‘वर्तमान राजनीति र कम्युनिष्ट आन्दोलन’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले यस्तो टिप्पणी गरेका हुन्। 

    “प्रधानमन्त्री नै शुद्ध र प्रतिबद्ध भए भने त्यसको प्रभाव अरू तहमा स्वतः पर्छ,” उनले भने, “तर, त्यस्तो संकल्प नेतृत्वमा देखिँदैन।”

    शर्माले नेपालका अधिकांश कम्युनिष्ट नेताहरू असुली धन्दामा संलग्न भएको आरोपसमेत लगाए। “दुःखका साथ भन्नुपर्छ, मनमोहन अधिकारीबाहेक अरु सबै कम्युनिष्ट नेताले असुली गरेका छन्,” उनले भने, “यो आरोप होइन, यथार्थ हो।”

    उनले अहिलेको कम्युनिष्ट आन्दोलन नेतृत्वमा केन्द्रित चाकडी, जयजयकार र दलाली प्रवृत्तिले कमजोर बनाएको बताए। “पार्टीमा जनवादी केन्द्रीयताको कुरा गरे पनि व्यवहारमा जनवाद हराइसकेको छ,” उनले भने, “केन्द्रीयता मात्रै बाँकी छ।”

    उनले हालका कम्युनिष्ट पार्टीहरू सामन्ती झुण्डहरूजस्तै बन्न थालेको आरोप पनि लगाए। शर्माको अभिव्यक्तिले आन्तरिक पार्टी संरचना र नेताहरूको आचरणप्रति गम्भीर प्रश्न उठाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय