‘गफाडी चौर’को नाम अब ‘बिपी चोक’

‘गफाडी चौर’को नाम अब ‘बिपी चोक’

मंगलवार, साउन ६ २०८२
मंगलवार, साउन ६ २०८२
  • ‘गफाडी चौर’को नाम अब ‘बिपी चोक’

    मुगु / मुगुको छायाँनाथ रारा नगरपालिकाले बिपी जयन्तीका दिन बिपी चोकको नाम नामकरण गरेको छ । बीपी कोइरालाको ४३ औँ स्मृति दिवसका अवसरमा मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै मुगुको सदरमुकाममा रहेको ‘गफाडी चौर’का रूपमा परिचित स्थानलाई बिपी चोक नामाकरण गरिएको हो । 

    images
    images

    नगरपालिकाको केन्द्र तथा जिल्ला सदरमुकाम गमगढी बजारको डिभिजन वन कार्यालय पछाडीको भाग, कृषि विकास कार्यालय मुगुमा जाने मुल बाटोको भाग र पुरानो जिल्ला शिक्षा कार्यालय जाने अगाडीको भागको खुल्ला स्थानलाई बिपी चोक नामाकरण गरिएको हो । 

    छायाँनाथ रारा नगरपालिका प्रमुख बिष्णुकुमार भामले महामानव बिपी कोइरालाको सम्मानमा बिपी जयन्तीकै अवसर पारी गमगढी बजारमा बिपी चोक नामाकरण गरिएको बताए ।

    उनका अनुसार गत असार २९ गते बसको १७ औँ नगरसभाले गरेको निर्णय अनुसार नगरपालिकाको व्यवस्थापनमा बिपी चोक नामाकरण गरी कार्यान्वयन गरिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय