बीपीले राजनीति र परिवारलाई उत्तिकै महत्व दिनुहुन्थ्यो : डा.शशांक कोइराला

बीपीले राजनीति र परिवारलाई उत्तिकै महत्व दिनुहुन्थ्यो : डा.शशांक कोइराला

मंगलवार, साउन ६ २०८२
मंगलवार, साउन ६ २०८२
  • बीपीले राजनीति र परिवारलाई उत्तिकै महत्व दिनुहुन्थ्यो : डा.शशांक कोइराला

    काठमाडौं / नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले बीपी कोइरालाको राजनीतिक जीवनसँगै पारिवारीक सम्बन्ध पनि उत्तिकै महत्वपूर्ण रहेको बताएका छन् । 

    images
    images

    मंगलबार काठमाडौंमा बीपी स्मृति दिवसको अवसरमा आयोजित पुस्तक विमोचन समारोहमा बोल्दै उनले राजनीतिक व्यस्तता र सोही अनुसारको जीवनशैलीका बाबजुत पनि बीपीले आफ्नो परिवारलाई समय दिएर धेरै ख्याल राख्ने गरेको स्मरण गरे । 

    उनले भने,‘बीपी कोइरालालाई जहिल्यै मेरो पढाइको चिन्ता हुन्थ्यो । उहाँको राजनीतिक जीवन त राम्रो छँदै थियो, अर्को पारिवारिक जीवन पनि त्यत्तिकै महत्वपूर्ण थियो । उहाँले आफ्ना छोराछोरीलाई मात्र भन्दा पनि अरुको छोराछोरीलाई पनि उत्तिकै माया गर्नुहुन्थ्यो ।’

    त्यस्तै उनले राजनीति एउटा अन्यौलता रहेको भन्दै अन्यौलतामा रमाउन सक्नेले मात्र राजनीति गर्न सक्ने धारणा राखे । 

    उनले भने,‘मलाई धेरैले सोध्नुहुन्थ्यो–तँ डाक्टर मान्छे राजनीतिमा रुची होला त भनेर । राजनीति भनेको अन्यौलता रहेछ । सोचेको हुन्छ एउटा गइदिन्छ अर्को बाटोतिर । जसले त्यसमा रमाउन सक्छ, उसले नै राजनीति गर्ने हो रहेछ ।’ 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय