मध्यपहाडी लोकमार्गको सडक धसियो, धसिएको भाग माटोले छोपेको आरोप

मध्यपहाडी लोकमार्गको सडक धसियो, धसिएको भाग माटोले छोपेको आरोप

मंगलवार, साउन ६ २०८२
मंगलवार, साउन ६ २०८२
  • मध्यपहाडी लोकमार्गको सडक धसियो, धसिएको भाग माटोले छोपेको आरोप

    रामेछाप / पुष्पलाल (मध्यपहाडी) लोकमार्ग अन्तर्गत रामेछापको सुनापति गाउँपालिका–४ बेथानको च्याँडी पाखामा निर्माणाधीन सडक धसिएको छ । 
    च्याँडीको अक्कर भीरमा पिच गरिएको झण्डै ३० मिटर सडक भासिएको स्थानीयले बताएका छन् । सो सडकमा कालोपत्रेको काम सकिने बित्तिकै माथिबाट आएको पहिरोले सडकमा क्षति पुगेको हो । 

    images
    images

    निर्माण कम्पनीले धसिएको ठाउँमा सडक पुर्न माटोले छोपेको स्थानीयको गुनासो छ । धसिएको सडक पुनः मर्मत गर्नुपर्ने माग स्थानीयवासीको रहेको छ ।पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय सित्खाका सूचना अधिकारी हर्कबहादुर प्रधानले पनि सडकमा केही क्षति पुगेको कुरा स्वीकार गरे ।

    सो हेर्नको लागि प्राविधिक टोली पठाउँदा माथिबाट आएको पहिरो सहितको बाढीले सडकलाई क्षति पुरयाएको बताउँदै उनले सो पानी कटाएपछि समस्या समाधान हुने जानकारी दिए । ‘माथिबाट पानी आएर सडकको केही भाग धसिएको रहेछ, पानी कटाएपछि ठिक हुन्छ हाले, प्राविधिक हिसाबले पनि के हुन्छ हामी हरेर काम गर्छौँ’।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय