हेटौँडा सिमेन्टमा दुई जना सञ्चालकका लागि दरखास्त आह्वान, आवेदन दिन कति हुनुपर्छ योग्यता ?

हेटौँडा सिमेन्टमा दुई जना सञ्चालकका लागि दरखास्त आह्वान, आवेदन दिन कति हुनुपर्छ योग्यता ?

सोमवार, साउन ५ २०८२
सोमवार, साउन ५ २०८२
  • हेटौँडा सिमेन्टमा दुई जना सञ्चालकका लागि दरखास्त आह्वान, आवेदन दिन कति हुनुपर्छ योग्यता ?

    काठमाडौँ / उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हेटौँडा सिमेन्ट उद्योग लिमिटेडमा रिक्त रहेका २ सञ्चालक सदस्य पदपूर्तिका लागि खुला प्रतिस्पर्धाबाट दरखास्त आह्वान गरेको छ।

    images
    images

    मन्त्रालयले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै इच्छुक तथा योग्य नेपाली नागरिकहरूलाई साउन १० गतेभित्र आवेदन दिन आह्वान गरेको हो। दरखास्त सिंहदरबारस्थित मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखामा कार्यालय समयमा दिइनुपर्ने सूचनामा उल्लेख छ।

    हेटौँडा सिमेन्ट उद्योगमा दुई सञ्चालक पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ भने सम्बन्धित क्षेत्रमा कम्तीमा ५ वर्षको कार्य अनुभव रहेको हुनु पर्नेछ । 

    यसैगरी, दरखास्त दिने अन्तिम मितिसम्म उमेर ३० वर्ष पूरा भइसकेको र ६५ वर्ष ननाघेको हुनुपर्नेछ । 

    सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग मुलुककै पुरानो र रणनीतिक रूपमा महत्त्वपूर्ण सार्वजनिक उद्योग हो।  यस उद्योगको नेतृत्व र नीतिगत तहमा भूमिका निर्वाह गर्ने सञ्चालक पदका लागि प्रतिस्पर्धा निकै महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय