राष्ट्रिय क्रिकेट कप्तानहरू र मेटलाइफ नेपालद्वारा सुरक्षित भविष्यका लागि जीवन बिमामा जोड

राष्ट्रिय क्रिकेट कप्तानहरू र मेटलाइफ नेपालद्वारा सुरक्षित भविष्यका लागि जीवन बिमामा जोड

सोमवार, साउन ५ २०८२
सोमवार, साउन ५ २०८२
  • राष्ट्रिय क्रिकेट कप्तानहरू र मेटलाइफ नेपालद्वारा सुरक्षित भविष्यका लागि जीवन बिमामा जोड

    काठमाडौँ / मेटलाइफ नेपालले जीवन बिमा र क्रिकेट जस्ता दुई शक्तिशाली क्षेत्रलाई एकताबद्ध गर्दै राष्ट्रिय पुरूष र महिला क्रिकेट टोलीका कप्तानहरू रोहित पौडेल र इन्दु बर्मासँग सहकार्य गरेको छ । यस सहकार्यको उद्देश्य बिमालाई सुरक्षा र वित्तीय योजना बनाउने उपकरणका रूपमा प्रवद्र्धन गर्नु हो ।

    images
    images

    नेपालमा पहिलो पटक, दुवै टिमका कप्तानहरू - जो साहस, आशा र राष्ट्रिय गौरवका प्रतीक हुन् - अब भविष्य सुरक्षित गर्ने महत्त्वपूर्ण सन्देश फैलाउने अभियानमा अगाडि छन् । 

    यो अनौठो साझेदारी साझा मूल्य, सहनशीलता, तयारी र भविष्यप्रति चिन्ताको कथाको रूपमा प्रस्तुत गरिएको छ । मेटलाइफले राष्ट्रिय क्रिकेट टोलीहरूलाई बिमा कभरेजमार्फत प्रायोजन पनि गरेको छ, र राष्ट्रलाई प्रेरणा दिने व्यक्तिहरूको सुरक्षा गर्न प्रतिबद्ध रहेको छ ।

    “हाम्रा राष्ट्रिय टोलीका कप्तानहरू हरेकपटक मैदानमा उत्रिदासँगै सम्पूर्ण राष्ट्रको आशा बोकिरहेका हुन्छन्, र त्यसैले जिम्मेवारी र सुरक्षाको महत्त्व बुझाउन उनीहरूभन्दा उपयुक्त व्यक्ति को हुन सक्छन् ? सम्पूर्ण नेपालीहरूको परिवार र भविष्यको सुरक्षा सम्बन्धी हाम्रो सन्देश रोहित र इन्दुको माध्यमबाट फैलाउन पाउँदा हामी उत्साहित छौँ,” मेटलाइफ नेपालका मार्केटिङ तथा कम्युनिकेसन प्रमुख अंकित राजभण्डारीले भने ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय