यूनाइटेड अजोड इन्स्योरेन्सको साधारण सभा सम्पन्न

यूनाइटेड अजोड इन्स्योरेन्सको साधारण सभा सम्पन्न

बुधवार, असार ३२ २०८२
बुधवार, असार ३२ २०८२
  • यूनाइटेड अजोड इन्स्योरेन्सको साधारण सभा सम्पन्न

    काठमाडौँ / यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे ३१औँ वार्षिक साधारण सभा गत सोमबार सम्पन्न भएको छ । सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८०/८१ को यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लेखापरीक्षण प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको २०८१ साल असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरू पारित गर्दै कम्पनीको साधारण सभा सम्पन्न भएको हो । 

    images
    images

    साथै, सञ्चालक समितिबाट पेश गरिएका सबै सामान्य र विशेष प्रस्तावहरू सर्वसम्मतिबाट पारित गरिएको छ । 

    हाल यस कम्पनीले प्रधान कार्यालयलगायत ६ वटा प्रादेशिक कार्यालय, ३९ वटा शाखा, ४३ वटा उपशाखा कार्यालयहरू, १५ वटा बिमा काउण्टरहरू र ६ वटा तेस्रो पक्ष बिमा काउण्टरहरूबाट र ३६५ बिमा सेवा प्रदान गर्दै आएको । 

    कम्पनीमा पेश हुन आएका दावीहरूलाई समयमै फरफारक गर्ने, बिमितहरूलाई छिटो छरितो रूपमा सेवा प्रदान गर्ने, कारोबारको दायरा बृद्धि गर्ने एवं व्यवसायिक दक्षता हासिल गर्नका लागि प्रविधिमा आधारित भै बिमा सेवा प्रदान गर्ने उद्देश्य अनुरूप डिजिटल इन्स्योरेन्सलाई विशेष प्राथमिकतामा राखी सूचना प्रविधिमा लगानी अभिवृद्धि गर्दै बिमितलाई अनलाइन पोलिसी जारी गर्ने व्यवस्था मिलाउने योजना रहेको कम्पनीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय