सहकारीका बेथिति सुधार्न प्राधिकरणका अध्यक्षलाई मन्त्री अधिकारीको निर्देशन

सहकारीका बेथिति सुधार्न प्राधिकरणका अध्यक्षलाई मन्त्री अधिकारीको निर्देशन

बुधवार, असार ३२ २०८२
बुधवार, असार ३२ २०८२
  • सहकारीका बेथिति सुधार्न प्राधिकरणका अध्यक्षलाई मन्त्री अधिकारीको निर्देशन

     भूमिब्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रको नियमक निकाय राष्ट्रिय सहकारी नियमन प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सहकारी क्षेत्रका बेथिति सुधार्ने गरी काम गर्न निर्देशन दिएका छन् । 

    images
    images

    मङ्गलवार मन्त्रालयमा प्राधिकरणका नवनियुक्त अध्यक्ष डा.खगराज शर्मालाई  सपथ गराउदै मन्त्री अधिकारीले सो कुरा बताएका हुन् ।  

    बिगत लामो समयदेखि सहकारी क्षेत्रका सरोकारवालाहरुले माग गदैं आएको सहकारी क्षेत्रलाई नियमन गर्ने दोस्रो तहको नियमक निकाय (क्त्क्ष् ) गठन भएकाले सहकारी क्षेत्रमा हाल देखिएका समस्याहरु समाधान हुने मन्त्री अधिकारीको बिश्वास छ । 

    मन्त्री अधिकारीले तीन तहकै सहकारीको नियमन, निर्देशन र निगरानी गर्ने काम प्राधिकरणको कार्यक्षेत्रभित्र रहेको उल्लेख गदैं  समस्याग्रस्त सहकारीहरुको बचत फिर्तालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए । 

    कर्जा असुली न्यायधिकरण, नियमन प्राधिकरणलगायतका हाल गठन भएका यस्ता संरचनाले सहकारीको मर्म र लक्षित उद्देश्य अनुसार काम गर्नुपर्ने मन्त्री अधिकारीको भनाई छ । मन्त्री अधिकारीले सपथग्रहण गराएसगैं नवनियुक्त अध्यक्ष डा. खगराज शर्माले आजैबाट कार्यभार सम्हालेका छन् । 

    सपथग्रहण समारोहमा मन्त्रालयका सचिव केदारनाथ शर्मा, प्राधिकरणका पदन सदस्यहरु, मन्त्रालयका सहसचिवलगायतको उपस्थिति रहेको थियो । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com