आज मिति वि.सं. २०८२ साल आषाढ ३२ गते, बुधबार तदनुसार ईश्वी सन् २०२५ जुलाई १६ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, ग्रिष्म ऋतु । श्रीशाके १९४७, श्रावण कृष्णपक्ष, षष्ठी तिथी पूर्वाभाद्रपदा नक्षत्र, आनन्दादिमा–पद्य योग, चन्द्रराशि–मीन ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिक दृष्टिले यो समय चुनौतीपूर्ण रहनेछ। काम समयमा नहुनाले वित्तीय असन्तुलन बढ्न सक्छ। लेनदेन विवादले प्रतिष्ठामा असर पुर्याउन सक्छ। खर्च बढ्नेछ भने उधारो व्यापारले दबाव दिन सक्छ। तर, विदेश वा विदेशी व्यापारमा संलग्नहरूका लागि अवसरहरू छन्। सेयर बजारमा नाफाको सम्भावना भए पनि जोखिमप्रति सजग रहनु आवश्यक छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
यो समय आर्थिक प्रगतिको लागि अनुकूल देखिन्छ। प्राकृतिक स्रोत र पैतृक सम्पत्तिको सदुपयोगबाट आम्दानी बढ्न सक्छ। व्यापार, उद्योग र पुँजी बजारमा लगानी लाभदायक रहनेछ। नयाँ आम्दानी स्रोत भेटिनेछन् भने थोरै प्रयासले पनि जीवनशैलीमा सुधार आउनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ र छोटो समयमा नाफा लिन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
यो समय आर्थिक र पेशागत प्रगतिको लागि अत्यन्त शुभ छ। पैतृक स्रोत, कृषि, पशुपालन तथा सेयर बजारमा लगानीबाट आम्दानी बढ्नेछ। राजनीति र समाजसेवामा सफलता मिल्नेछ भने पदोन्नति तथा नयाँ कामको अवसर प्राप्त हुनेछ। बौद्धिक क्षमताको कदर हुनेछ र मेहनतले नाम, दाम दुवै दिलाउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धार्मिक रुचि बढ्ने यो समयमा अध्ययन, अनुसन्धान र सेवामूलक कार्यमा सफलता मिल्नेछ। आम्दानी–खर्च सन्तुलन राख्दै व्यापार र शेयर बजारमा लाभ लिन सकिनेछ। नयाँ काम र स्थानान्तरणको सम्भावना छ। पुराना कामहरू पूरा हुनेछन्। केही चुनौती आए पनि लगनशीलताले आर्थिक फाइदा र सामाजिक प्रतिष्ठा प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यो समय खर्च र चुनौतीले भरिएको देखिन्छ। स्वास्थ्यमा कमजोरी आउन सक्छ, खानपानमा विशेष ध्यान दिनुहोला। सरकारी वा व्यापारिक काममा सावधानी नअपनाउँदा घाटा हुन सक्छ। तत्काल लाभ कम देखिए पनि वित्तीय क्षेत्रमा लगानी लाभदायक हुन सक्छ। दोहोर्याएर प्रयास गर्दा रोकिएका काम बन्न सक्छन्, तर सजगता आवश्यक छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
यो समय आर्थिक र सामाजिक उन्नतिको लागि अनुकूल छ। औद्योगिक क्षेत्र, सेयर बजार र व्यापारमा लगानीबाट नाफा लिन सकिनेछ। शुभचिन्तक र आफन्तको सहयोगले दिगो र लाभदायक काम सुरु गर्न सकिनेछ। भौतिक सम्पत्ति र पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। प्रेम, यात्रा र मनोरञ्जनका अवसरले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनेछन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
यो समय व्यापार र लगानीका लागि फलदायी रहनेछ। सानो लगानीबाट पनि नाफा कमाइनेछ भने सेयर बजारको लगानी भविष्यमा आम्दानीको राम्रो स्रोत बन्नेछ। प्रतिस्पर्धामा सफलता मिल्नेछ र न्यायिक निर्णय पनि पक्षमा आउनेछ। नयाँ आर्थिक योजनाको शुभारम्भका लागि उपयुक्त समय हो। मिहिनेतले फाइदा दिलाउनेछ भने शत्रुहरू निष्क्रिय बन्नेछन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यो समय आर्थिक र पेशागत दृष्टिले सकारात्मक छ। थोरै प्रयासमै नाफा कमाइनेछ, चिट्ठा वा अप्रत्याशित धन प्राप्तिको सम्भावना छ। व्यापार, सेयर बजार र पदोन्नतिमा सफलता मिल्नेछ। तर, योजना गोप्य राख्नु उत्तम हुनेछ। हतारको निर्णय र अरूको विषयमा चासोले झमेला निम्त्याउन सक्छ। धैर्यपूर्वक लगनशीलताले मात्र स्थायी लाभ प्राप्त हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
यो समय आर्थिक क्षेत्रमा चुनौतीपूर्ण छ। नयाँ लगानीभन्दा पुराना व्यवसायमा निरन्तरता दिनु लाभदायक हुनेछ। परदेशी रोजगारी र व्यापारमा अवरोध आउन सक्ने हुँदा सावधानी अपनाउनुपर्छ। आलस्य र ढिलासुस्तीले अवसर गुम्न सक्छ। तर धैर्य र पुनः प्रयासले रोकिएका कामहरू अघि बढ्ने सम्भावना छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापार र सेयर बजारमा लगानीले मनग्गे नाफा दिलाउनेछ। सापटी रकम फिर्ता आएर आर्थिक अवस्था सुदृढ हुनेछ। आफन्त र परिवारको सहयोगले मन प्रसन्न हुनेछ। न्यायिक निर्णय पक्षमा आउनेछन्। नयाँ काम सुरु गर्ने समय उपयुक्त छ र मिहिनेतले सफलता सुनिश्चित हुनेछ। प्रेम, मित्रता र आत्मीयता बढ्नेछ भने प्रतिस्पर्धीहरूबाट सहयोग पनि मिल्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यापार र आम्दानीमा वृद्धि हुनेछ। वित्तीय क्षेत्र र सेयर बजारमा लगानीले नाफा दिनेछ। खाद्यान्न, बिलासी सामान र निर्माण सामग्रीको व्यापार फस्टाउनेछ। पारिवारिक जमघटमा रमाइलो अवसर हुनेछ। गायक र कलाकारले नाम, दाम दुवै कमाउनेछन्। अध्ययन र अभिव्यक्तिमा प्रगति हुनेछ। मिहिनेतले मानसम्मान र दिगो आर्थिक फाइदा दिलाउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
राजनीति र समाजसेवामा जनताको बलियो समर्थनले प्रतिष्ठा बढ्नेछ। सूचना प्रविधिको उपयोगले नयाँ काम र धन आर्जन सम्भव हुनेछ। पढाइ, खेलकुद र अन्य क्षेत्रमा नाम–दाम दुवै कमाउने मौका छ। व्यापार, वित्तीय क्षेत्र र उद्योगमा लगानीले आम्दानी बढ्नेछ। जीवनसाथी र सहयोगीहरूको साथले काममा उत्साह र सफलता ल्याउनेछ।