लिच्छवीकालिन सप्तपाताल पोखरी जोगाउन 'लडाईं’  लडेका पूर्ण स्थापितको खुशी

लिच्छवीकालिन सप्तपाताल पोखरी जोगाउन 'लडाईं’  लडेका पूर्ण स्थापितको खुशी

बुधवार, असार ३२ २०८२
बुधवार, असार ३२ २०८२
  • लिच्छवीकालिन सप्तपाताल पोखरी जोगाउन 'लडाईं’  लडेका पूर्ण स्थापितको खुशी

    सप्तपाताल पोखरीको मुहार फेरिँदै छ । पूर्ण स्थापितको मुहारमा खुशी देखिन्छ । ‘लडाईं’ जितेकोमा औधी खुशी छन । स्थापित, जो लिच्छवीकालिन सप्तपाताल पोखरी जोगाउन अनवरत लडे । अहिले लगनखेल बटुकभैरव मन्दिर अगाडिको लिच्छवीकालिन इतिहास बोकेको सप्तपाताल पोखरी आकर्षक शैलीमा पुनर्निर्माण भइरहेको छ । 

    images
    images

    सर्वोच्च अदालतले नमुना मच्छिन्द्र माविको नाममा रहेको पोखरीको दर्ता खारेजी गरेपछि  लिच्छविकालीन इतिहास बोकेको उक्त पोखरी पुनर्निर्माणको काम अगाडि बढेको हो ।
    पुनः निर्माणसँगै वरिपरि हरियाली रुख तथा फूलहरु रोप्ने काम भइरहेको छ । यो पुनर्निर्माणसँगै सप्तपाताल पोखरीको १५ वर्षपछि मुहार फेरिँदै छ । पहिले पोखरी फोहोर मात्रै होइन अतिक्रमित भएको थियो । के यो लिच्छवीकालिन पोखरी हो र ? भन्ने प्रश्न आउँथ्यो । 

    saptapal pokhari.jpg

    पोखरी संरक्षक पूर्ण स्थापितले पोखरीको संरक्षण र अतिक्रमण भएको जग्गा फिर्ताको लागि निरन्तर १५ वर्षदेखि कानुनी लडाई लडे । अन्तत लडाइ विजयमा परिणत भएको दाबी उनको छ । 

    उनको अनुसार २०३४ सालमा स्थापना भएको नमुना मच्छिन्द्र स्कुलको नाममा पोखरीको केही भाग दर्ता गरियो ।
    पोखरी स्कुलको नाममा दर्ता भएपछि दर्ता खारेज गरिपाऊँ भन्दै सर्वोच्च अदालतमा स्थापितको नेतृत्वमा स्थानीयहरुले निवेदन दिएका थिए । २०६१ माघ ८ मा सर्वोच्चले जग्गा पोखरीकै भएको फैसला गरेको उनले जानकारी दिए । 

    सर्वोच्चले २०७६ असारमा नमुना मच्छिन्द्रको नाममा दर्ता भएको जग्गाको लालपूर्जा बदर गरी पोखरीको नाममा पुर्जा दिन आदेश दिएसँगै पुनर्निर्माणको काम अगाडि बढ्यो  ।

     

    उनले भने,‘२०२२ मा नमुना मच्छिन्द्र स्कुल स्थापना भयो र २०३४ मा २७ जिल्लामा मालपोत ऐन लागू भयो । त्यही साल फागुनमा पोखरीको केही भाग स्कूलको नाममा दर्ता गरिएको थियो । पोखरी स्कुलको नाममा दर्ता भएपछि हामीले दर्ता खारेज गरिपाऊँ भन्दै सर्वोच्च अदालत गएका थियौं । ०६१ माघ ८ मा सर्वोच्चले जग्गा पोखरीकै भएको फैसला गरिदियो,’उनले भने । 

    ६० सालमा नियोजितरुपले नगरपालिकाले जग्गा मिचेर डिपार्टमेन्ट स्टोर बनाउन लाग्दा त्यहाँको स्थानीयहरु जागरुक भइ कानुनी प्रकृयाको संघर्ष सुरु गरेको उनी बताउँछ्न । 
    उनले भने,‘६० सालमा नियोजित रुपले नगरपालिकाले आँखा चिम्लिएर सातदोबाटोबाट मान्छे ल्याएर साक्षी राखेर नक्सा पास गरियो । नक्सा पास गरेर ६१ सालमा उनीहरुले डिपार्टमेन्ट स्टोर बनाउन आयो । हामी टोलका मानिस जागरुप भएर काम सुरु गरेका हौं ।’
    अहिले नमूना मच्छिन्द्र स्कुलले मिचेर बनाएका टहरासमेत भत्काएर पोखरी पुर्ननिर्माणको काम सुरु गरिएको हो । स्कुलले टहरा बनाएको जग्गासमेत थपेर ३५ रोपनी क्षेत्रमा पोखरी बन्ने स्थापितले जानकारी दिए ।

    त्यस्तै उनले पोखरीको नाममा भएको लालपूर्जा ल्याउनको लागि प्रमाण जुटाउन आफूहरुले धेरै संघर्ष गर्नुपरेको स्मरण गरे । 

    ‘यो पोखरी १९२० सालको भनेर १२० वर्ष अगाडि हस्तलिखित एउटा पत्रिकामा आएछ । त्यहाँबाट पनि एउटा प्रमाणित भयो, अर्को गुठीको प्रमाण छ । धार्मिक र गुठीको प्रमाण जुटाऔं । जहाँ पिल्लर उठाइयाmे त्यहीबाट सुरु हुन्छ सप्तपाताल भनेर गुठीले चिठ्ठि लेखेको थियो । धेरै प्रमाण जोडिएको छ,’उनले भने,‘लालपूर्जा त छैन्, परमादेश जारी भएको छ । फेरि लालपूर्जा लिन त्यस्तै प्रक्रिया छन् । बल्ल –बल्ल लालपूर्जा बनाएर ल्याइयो, नगरपालिकामा त्यही लालपूर्जाको आधारमा मेयर साब चिरिबाबुले काम गरिदिनुभयो ।’

    त्यस्तै उनले सप्तपाताल जस्तै धेरै पोखरीहरुको पुर्नजीवित भएको बताउँदै उनले ललितपुरका मेयरका कामको पनि प्रसंशा गरे । 

    अहिले डीपीआर तयार भएर पोखरी पुर्ननिर्माण भइरहेको देख्दा उनले आफू सन्तुष्ट भएको पनि बताए । 

     

    उनले भने,‘म हेर्न त गएको छैन् तर धेरै पोखरीहरु जिउँदो भएको छ । एउटा ठिमिमा १५ रोपनीमा छ । सम्पदा संरक्षण पहिला–पहिलाभन्दा धेरै राम्रो भएको छ । चिरिबाबुले धेरै कुरा ध्यान दिएर काम गर्नु भएको छ । अझै दुई वर्ष बाँकी छ, कति काम गर्न बाँकी छ होला, गर्नुपनि हुन्छ होला । अब त डीपीआर तयार भइसकेको छ सोही अनुसार काम हुँदैछ । अरुले जे भनेपनि म सन्तुष्ट छु ।’

    उनले सप्तपातल पोखरीको विशेषतामा बटुक भैरवथानमा मछिन्द्रनाथको जात्रा सकिसकेपछि मांसावली यज्ञ गरेर स्वर्गका इन्द्रलाई पाटनको जात्रा सकियो है भन्न भंगेरा र माछालाई पूँजा गरेर पुराण सुनाउने र  भगेरा वा माछा यही सप्तपातल पोखरीमा छाड्ने धार्मिक आस्था रहेको पनि जानकारी गराए । 

    उनका अनुसार परापुर्वककालदेखि नै सप्तपातल पोखरीको पानीमा स्नान गर्ने र पाटनभरीको मान्छे आएर भोज खुवाउनुपर्ने प्रचलत रहेको थियो । यस्तै विशेष धार्मिक महत्व भएको पोखरी भएका कारण पनि पोखरीको संरक्षण आफू लागि परेको धारणा राखे । 
    ललितपुर महानगरले पोखरी पुनर्निर्माण गर्न चार करोड रुपैयाँ बजेटसमेत छुट्याएको छ । ठेक्का सम्झौता अनुसार आगामी साउन ३० गतेसम्म पोखरी खनेर तयार पार्नु पर्नेछ भने माटो परीक्षण प्रतिवेदन समेत महानगरलाई बुझाउनुपर्नेछ । 

    सप्तपातल पोखरी बनेपछि त्यहाँको वातावरण निश्चय नै रमणीय हुनेछ । 

    प्रमिला कार्की / नेपाल न्यूज बैंक/ arthadabali

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com