मौद्रिक नीतिपछि उत्साहित सेयर बजार : नेप्से परिसूचक ३१ अङ्कले बढ्यो, कसले कति कमाए ?

मौद्रिक नीतिपछि उत्साहित सेयर बजार : नेप्से परिसूचक ३१ अङ्कले बढ्यो, कसले कति कमाए ?

आइतवार, असार २९ २०८२
आइतवार, असार २९ २०८२
  • images
    images
    मौद्रिक नीतिपछि उत्साहित सेयर बजार : नेप्से परिसूचक ३१ अङ्कले बढ्यो, कसले कति कमाए ?
    images
    images

    काठमाडौँ / आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक भएपछिको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार देखिएको छ । बैंक र लघुवित्त कम्पनीहरुको सेयरमा लगानीकर्ता चासो देखिएको छ ।  

    आज नेप्से परिसूचक २९ अङ्कले बढेर २७६०.८० बिन्दुमा कायम भएको छ । 

    आजको कारोबारमा ३११ कम्पनीको तीन करोड २५ लाख ९२ हजार ३० कित्ता  सेयर एक लाख पाँच हजार ४१५ पटक खरिद बिक्री हुँदा रु.११ अर्ब ४१ करोड ६४ लाख २८ हजार ४६७ बराबरको कारोबार भएको छ ।

    सबैभन्दा धेरै बैंकिङ समूह ३.३७ र लघुवित्त समूह ३.५० प्रतिशतले बढेको छ । 

    त्यस्तै, विकास बैंक १.४७, वित्त १.८७, होटल तथा पर्यटन ०.४८, जीवन बिमा ०.०२, उत्पादन तथा प्रशोधन ०.३१ र म्युचुअल फन्ड १.०८ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । 

    जलविद्युत् ०.८३, लगानी ०.०८, निर्जीवन बिमा ०.३४, व्यापार ०.२६ र अन्य समूह ०.२७ प्रतिशतले घटेको छ ।

    एनआईसी एसिया बैंक लिमिटेड र खानेपानी हाइड्रोपावर कम्पनी लिमिटेडको  सेयर मूल्यमा सकारात्मक सर्किट लागको छ । सबैभन्दा धेरै घट्नेमा हिमालयन हाइड्रोपावरको  सेयर मूल्य नौ दशमलव ९३ प्रतिशतले घटेको छ ।

    कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआईसी एसिया बैंक लिमिटेडको सबैभन्दा धेरै रु. ३७ करोड १४ लाख ९९ हजार ३२ बराबरको कारोबार भएको भएको छ । 

    कारोबार भएका  सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सनराइज ब्लुचिप फन्डको २० लाख ५४ हजार चार सय कित्ता  सेयर किनबेच भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com