विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड, १७ लाखभन्दा बढीको हात खाली

विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड, १७ लाखभन्दा बढीको हात खाली

आइतवार, असार २९ २०८२
आइतवार, असार २९ २०८२
  • images
    images
    विकास हाइड्रोपावरको आईपीओ बाँडफाँड, १७ लाखभन्दा बढीको हात खाली
    images
    images

    काठमाडौँ / विकास हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ बाँडफाँड गरेको छ । कम्पनीको शेयर विक्री प्रबन्धक प्रभु कक्यापिटलले आज बिहान आईपीओ बाँडफााड गरेको हो ।

    दुई लाख ९४ हजार २७६ जनाले १०÷१० कित्ताका दरले आईपीओ हात पारेका छन् । मागभन्दा बढी आवेदन परेका कारण करीब १७ लाखभन्दा बढी आवेदन कर्ताहको हात खाली भएको छ । आईपीओमा मागभन्दा ८ दशमलव ७ गुणा बढी आवेदन परेको थियो ।

    आफूलाई आईपीओ परे÷नपरेको लगानीकर्ताले सीडीएससीको आइपीओ रिजल्ट साइट बाट हेर्न सक्नेछत् । यो आइपीओका लागि २१ लाख ५० हजार ६७२ जनाबाट २ करोड़ ६१ लाख ४८ हजार ३५० कित्ताका लागि आवेदन परेकोमा २० लाख ४३ हजार ६८६ जनाको आवेदन स्वीकृत थियो ।

    कम्पनीले थप सर्वसाधारणमा २९ लाख ४२  हजार ७६० कित्ता आईपीओ निष्कासन गरेको थियो । थप सर्वसाधारणमा कम्पनीले असार १८ गतेदेखि २२ गतेसम्म आईपीओ निष्कासन गरेको थियो ।

    आईपीओ निष्कासन गर्नु अघि कम्पनीले १० प्रतिशत आयोजना प्रभावित स्थानीयका लागि १० प्रतिशत शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com