विदेश भ्रमणमा जाने नेपालीले अब ३ हजार डलरसम्म लैजान पाउने

विदेश भ्रमणमा जाने नेपालीले अब ३ हजार डलरसम्म लैजान पाउने

शुक्रवार, असार २७ २०८२
शुक्रवार, असार २७ २०८२
  • images
    images
    विदेश भ्रमणमा जाने नेपालीले अब ३ हजार डलरसम्म लैजान पाउने
    images
    images

    काठमाडौँ / अब विदेश भ्रमणमा जाने नेपाली नागरिकले ३,००० अमेरिकी डलरसम्म लैजान पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले यसअघि निर्धारण गरिएको २,५०० डलरको सीमा बढाएर ५ सय डलर थप गर्दै ३,००० डलर बनाएको हो।

    गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै उक्त घोषणा गरेका हुन् ।

    नयाँ मौद्रिक नीतिअनुसार अब नेपाली नागरिकले व्यक्तिगत विदेश भ्रमणका क्रममा थप डलर लैजान सक्ने छन्, जसले अन्तर्राष्ट्रिय यात्रा गर्नेलाई सहज हुने अपेक्षा गरिएको छ।

    राष्ट्र बैंकले मौद्रिक नीति मार्फत फाइनान्सियल एक्सन टास्क फोर्सको ग्रे लिस्टबाट नेपाललाई मुक्त गराउने कार्ययोजनाअनुसारका सुधारात्मक गतिविधिहरूलाई प्राथमिकताका साथ अघि बढाउने उल्लेख गरिएको छ।

    गभर्नर पौडेलका अनुसार, एफएटीएफले दिएको सिफारिस कार्यान्वयनका लागि सम्बद्ध निकायहरूसँग प्रभावकारी समन्वय, निगरानी, अनुसन्धान तथा कारबाहीलाई सबल बनाउने र फाइनान्सियल इन्टेलिजेन्स युनिटको प्रणालीलाई स्वचालित बनाई अनुसन्धानमा दक्षता वृद्धि गर्ने तयारी गरिएको छ।

    त्यस्तै, एसिया प्यासिफिक ग्रुपले सार्वजनिक गरेको नेपालसम्बन्धी तेस्रो चरणको पारस्परिक मूल्याङ्कन प्रतिवेदनमा रहेका सुझावहरूलाई कार्यान्वयन गरिने पनि मौद्रिक नीतिमा उल्लेख छ।

    राष्ट्र बैंकको यस निर्णयलाई व्यक्तिगत विदेश यात्रा गर्नेहरू तथा ट्राभल एजेन्सीहरूद्वारा सकारात्मक रूपमा लिइएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com