पाकिस्तान–आधारित आतंकवाद क्षेत्रीय सुरक्षाका लागि चुनौतीः  काठमाडौंमा उच्चस्तरीय सेमिनार केके भए ?

पाकिस्तान–आधारित आतंकवाद क्षेत्रीय सुरक्षाका लागि चुनौतीः  काठमाडौंमा उच्चस्तरीय सेमिनार केके भए ?

शुक्रवार, असार २७ २०८२
शुक्रवार, असार २७ २०८२
  • images
    images
    पाकिस्तान–आधारित आतंकवाद क्षेत्रीय सुरक्षाका लागि चुनौतीः  काठमाडौंमा उच्चस्तरीय सेमिनार केके भए ?
    images
    images

    काठमाडौं/ संयुक्त राष्ट्रसंघद्वारा प्रतिबन्धित लश्कर – ए –तैयबा (LeT) र जैश–ए–मोहम्मद (JeM) जस्ता आतंककारी समूहहरूको अल–कायदासँगको ऐतिहासिक सम्बन्ध औंल्याउँदै, यस्ता समूहहरूले नेपाललाई पनि ट्रान्जिटको रूपमा प्रयोग गर्न सक्ने सम्भावनाप्रति विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । 

    दक्षिण एशियाली सुरक्षा परिदृश्यमा पाकिस्तानमा सक्रिय आतङ्ककारी समूहहरूको भूमिकाप्रति गम्भीर ध्यानाकर्षण भएको थियो । 

    बहसमा क्षेत्रीय शान्ति तथा सहकार्यका लागि सामूहिक कदमको आवश्यकता औंल्याएका थिए । 

    नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एन्ड इन्गेजमेन्ट (NIICE) ले ९ जुलाईमा काठमाडौंमा “दक्षिण एशियामा आतंकवादस् क्षेत्रीय शान्ति र सुरक्षाप्रतिको चुनौती” विषयक उच्चस्तरीय सेमिनारको बैठकमा यो विषय बहसमा आएको थियो । 

    सेमिनारमा वरिष्ठ राजनीतिक नेता, पूर्वमन्त्री, सुरक्षा विज्ञ, प्राध्यापक, अनुसन्धानकर्ता, कूटनीतिज्ञ, नीति निर्माता, पत्रकार लगायत १५० भन्दा बढी सहभागी उपस्थित थिए।

    niec.jpg

    कार्यक्रमका प्रमुख वक्ता राष्ट्रपति कार्यालयका सल्लाहकार तथा पूर्व उद्योगमन्त्री सुनील बहादुर थापाले पाकिस्तानमा सञ्चालन भइरहेका संयुक्त राष्ट्रसंघद्वारा प्रतिबन्धित लश्कर – ए –तैयबा र जैश–ए–मोहम्मद जस्ता आतंककारी समूहहरूको अल–कायदासँगको ऐतिहासिक सम्बन्ध औंल्याउँदै, यस्ता समूहहरूले नेपाललाई पनि ट्रान्जिटको रूपमा प्रयोग गर्न सक्ने सम्भावनाप्रति चिन्ता व्यक्त गरे।

    पूर्व रक्षा मन्त्री डा. मिनेन्द्र रिजालले आतंकवादको (spillover effect) नेपालमा समेत पर्न सक्ने उल्लेख गर्दै, पाकिस्तानको आतंकवादप्रतिको मौन समर्थनले सार्क संस्था निष्क्रिय हुन पुगेको र क्षेत्रीय आर्थिक सहकार्यमा बाधा पुगेको बताए।

    सांसद तथा पूर्वमन्त्री चन्दा चौधरीले हवाला कारोबार र अवैध वित्तीय प्रवाह (money laundering) नियन्त्रण गर्नु आतंकवाद नियन्त्रणको आधार भएको बताइन्।

    पूर्व मन्त्री शिशिर खनालले भारतको ‘अपरेसन सिन्दूर’ अन्तर्गतको सैन्य कारबाही तथा कूटनीतिक प्रतिक्रियाले आतंकवाद विरुद्ध नयाँ मापदण्ड स्थापना गरेको बताएका थिए।

    पूर्व कूटनीतिज्ञ डा. दिनेश भट्टराईले हालैको पाहलगाम आक्रमणलाई पछिल्ला वर्षहरूको सबैभन्दा घातक हमला भन्दै, पीडितलाई धर्म सोधेर हत्या गरिनु निन्दनीय भएको बताए।

    पूर्व परराष्ट्र तथा सिंचाइ मन्त्री एनपी साउदले नेपाल र छिमेकी राष्ट्रहरूले आतंकवाद विरुद्ध स्पष्ट र समन्वित संयन्त्र विकास गर्नु अपरिहार्य हुने बताए । 

    नेपाली सेनाका पूर्व मेजर जनरल डा. पूर्ण सिलवालले आतंकवाद विरुद्ध राष्ट्रहरूले दोहोरो मापदण्ड नअपनाउन आग्रह गरे।

    पूर्व परराष्ट्र सचिव राजदूत मधु रमन आचार्यले भारत–नेपालबीच गुप्तचर सूचनाको आदानप्रदान र सीमा क्षेत्रमा संयुक्त गस्ती आवश्यक रहेको धारणा राख्दै, आतंकवाद विरुद्ध नेपाल भारतको पक्षमा रहेको स्पष्ट पारे।

    NIICE की निर्देशक सुमित्रा कार्कीले सन् १९९९ मा काठमाडौंबाट अपहरण गरिएको IC-814 जहाज र हालै लश्कर–ए–तैयबाद्वारा गराइएको पाहलगाम आक्रमण (जहाँ एक नेपाली नागरिकसहित २६ जनाको मृत्यु भएको थियो) को उदाहरण दिँदै नेपाल आतङ्कवादप्रति संवेदनशील रहेको बताइन्।

    NIICE का अनुसन्धान निर्देशक डा. प्रमोद जैसवालले पाकिस्तान दक्षिण एशियाली आतंकवादको केन्द्रबिन्दु भएको र उसले लामो समयदेखि आतङ्ककारीहरूलाई संरक्षण, तालिम तथा आर्थिक सहयोग गर्दै आएको बताए। 

    उनले पाकिस्तानका रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफको अभिव्यक्तिलाई उद्धृत गर्दै, पाकिस्तानले लगभग तीन दशकसम्म अमेरिका र बेलायतसहितका मुलुकहरूलाई आतंकवादका माध्यमबाट ‘सेवा’ दिएको कुरा आफैं सार्वजनिक रूपमै स्वीकार गरेको उल्लेख गरे।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com