निजी क्षेत्रमा १२ प्रतिशत कर्जा विस्तार गर्ने पौडेलको घोषणा

निजी क्षेत्रमा १२ प्रतिशत कर्जा विस्तार गर्ने पौडेलको घोषणा

शुक्रवार, असार २७ २०८२
शुक्रवार, असार २७ २०८२
  • images
    images
    निजी क्षेत्रमा १२ प्रतिशत कर्जा विस्तार गर्ने पौडेलको घोषणा
    images
    images

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ मा निजी क्षेत्रमा १२ प्रतिशत कर्जा विस्तरा गर्ने घोषणा गरेका छन् । शुक्रबार आर्थिक वर्ष २०८२/८३ को लागि मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा.विश्वनाथ पौडेलले आफ्नो कार्याकालको पहिलो मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । 

    उनले भने, “आर्थिक वर्ष २०८२।०८३ को लागि विस्तृत मुद्रा प्रदायकको वृद्धिदर १३ प्रतिशत र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण गरिएको छ । नेपाली रुपैयाँको भारतीय रुपैयाँसँगको स्थिर विनिमय दरलाई मौद्रिक नीतिको अंकुशको रूपमा लिइदै आएकोमा यसलाई अन्तरिम लक्ष्यको रूपमा यथावत राखिएको छ ।”

    उनले अर्थतन्त्रलाई सहज बनाउन सजगतापूर्वक नरम बनाएको बताएका छन्। बजारमा पैसा पठाउन ब्याज दर करिडोरका दरहरू घटाएको बताएका छन् । उनले आवश्यकता अनुसार राष्ट्र बैंक ऋणपत्र जारी गर्ने बताएका छन् ।

    नियमनहरू खुकुलो बनाउँदै परियोजना कर्जाहरूमा स्वः नियमनमा जाने मौद्रिक नीतिमा उल्लेख गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरूलाई विशिष्टीकृत सेवा दिन प्रोत्साहित गरिने पनि उनले बताए । 

    उनले बैंक तथा वित्तिय संस्थाको भारित औसत अन्तर बैंक दरलाई मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रुपमा अथावत राख्दै स्वचालित र नियममा आधारित खुला बजार कारोबार सञ्चालनलाई निरन्तरता दिइने पनि बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com