जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका छौँ : अर्थमन्त्री

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका छौँ : अर्थमन्त्री

शुक्रवार, असार २७ २०८२
शुक्रवार, असार २७ २०८२
  • images
    images
    जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका छौँ : अर्थमन्त्री
    images
    images

    काठमाडौंँ / अर्थमन्त्री विष्णु पौडेलले जलविद्युतको विकासमा निजी क्षेत्रको लगानी अभिवृद्धि गर्नको लागि अनुकुल नीतिहरु लिएर अघि बढेको बताएका छन् । 

    नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजना र पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले बजेटमा ‘टेक एन्ड पे’को विषय धेरै चर्चामा रहेपनि फिर्ता लिएर राम्रो निर्णय गरेको धारणा राखे । 

    उनले भने, “बजेटमा टेक एन्ड पेको विषय धेरै चर्चामा रह्यो । समाचारको विषय बन्यो । क्रिया प्रतिक्रियाको विषय बन्यो । त्यो फिर्ता लिइसककेको छौं । नेपालमा जलस्रोतको फराकिलो सम्भावना छ । त्यो सम्भावनालाई अधिकतम सदुपयोग गरेर जलविद्युतको विकासका निजी क्षेत्रको लगानी अभिवृद्धि गर्नको लागि पक्कै पनि अनुकुल नीतिहरु लिएर अघि बढ्ने छौँ । उत्पादन गरेको विद्युत कहाँ कसरी खपत हुन्छ भन्ने कुरामा लाग्नुपर्ने आवश्यक छ ।” 

    त्यस्तै उनले विद्युतको खपत बढाउनका लागि इभीको करलाई स्थिर राखिएको बताए । उनले भने, “विद्युतीय सवारीको सन्दर्भमा एउटा कोच तयार गरेको छौँ । करका नीति र करका दरमा स्थिर नीति लिएको छौँ । विश्सनिय प्रवद्र्धनको पक्षमा छौँ भन्ने हिसाबले अहिलेको बजेट प्रस्तुत भएको छ । यसले उत्साहित नै गरेको छ,” उनले भने ।

    त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक गतिविधि बढाउनेगरी मौद्रिक नीति आउनुपर्ने भन्दै बजेट र मौद्रिक नीतिमाको समयन्वय भएरै आउने विश्वास व्यक्त गरे । 

    उनले बजेट स्प्रिटअनुसार कार्यान्वयन हुनुपर्ने बताउँदै उच्चस्तरिय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले दिएको सुझाव अनुसार ३० वटा कानुन परिवर्तन भइसकेको बताए । 

    निजी क्षेत्रले दिने सुझाव व्यक्तिगत फाइदाको रुपमा लिने सोचले चाहिने भन्दा बढी कडाइ गर्दा आर्थिक क्षेत्र चलायमान हुन नसकेको उनको भनाई ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com