शुक्रबारको राशिफल : तपाईँको लागि आजको दिन कति शुभ कति अशुभ ?

शुक्रबारको राशिफल : तपाईँको लागि आजको दिन कति शुभ कति अशुभ ?

शुक्रवार, असार २७ २०८२
शुक्रवार, असार २७ २०८२
  • images
    images
    शुक्रबारको राशिफल : तपाईँको लागि आजको दिन कति शुभ कति अशुभ ?
    images
    images

    आज वि.सं.२०८२ साल आषाढ २७ गते, शुक्रबार तदनुसार इस्वी सन् २०२५ जुलाई ११ तारिख, नेपाल संवत् ११४५, सिद्धार्थी संवत्सर, उत्तरायणं, ग्रिस्म ऋतु, श्रीशाके १९४७, श्रावण कृष्णपक्ष, प्रतिपदा तिथी, पूर्वाषाढा नक्षत्र, आनन्दादीमा-प्रवर्द्ध योग, चन्द्र राशि-धनु , मध्यान्ह १२ः५५ बजेपछि मकर ।

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    चन्द्रमाको शुभ प्रभावले आर्थिक क्षेत्रमा उल्लेखनीय सुधार देखिन्छ। व्यापारमा लाभ, नयाँ आम्दानी स्रोतको सिर्जना, र पदोन्नतिको सम्भावना प्रबल छ। पेसा–व्यवसायमा वृद्धि, लगानीबाट फाइदा, र वित्तीय योजनाहरू सफल हुने सङ्केत छन्। पिताको साथ, साथीभाइको सहयोगले काम फस्टाउँछ। मिडिया तथा मनोरञ्जन क्षेत्रबाट आम्दानी बढ्न सक्छ। प्रयास गर्दा आर्थिक उन्नति सुनिश्चित हुनेछ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    बिहान स्वास्थ्य कमजोर रहे पनि मध्यान्हपछि आर्थिक क्षेत्रमा सुधार आउनेछ। नयाँ रोजगारी वा स्थानान्तरणको सम्भावना छ। कृषि र पशुपालन व्यवसायले लाभ दिनेछ। समुदायको हितमा काम गर्दा प्रतिष्ठा र आम्दानी दुवै बढ्नेछ। बुद्धिको प्रयोगले अरूलाई प्रभावित पारेर आर्थिक अवसर सिर्जना गर्न सकिनेछ। व्यापार तथा राजनीतिक क्षेत्रमा धनलाभको सम्भावना प्रबल देखिन्छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    बिहानको समय आर्थिक दृष्टिले लाभदायक रहनेछ। व्यापार फस्टाउने, परीक्षा तथा प्रतिस्पर्धामा सफलता मिल्ने, र भौतिक साधन प्राप्त हुने योग देखिन्छ। शुभ समाचारले मनोबल उच्च रहन्छ। तर मध्यान्हपछि खर्च बढ्ने, धोका तथा स्वास्थ्य समस्या देखिने सम्भावना छ। लाभ कमाउने बेला भए पनि सतर्कता आवश्यक छ, नत्र अरूले श्रमको फाइदा उठाउनेछन्।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    आर्थिक क्षेत्रमा अध्ययन, व्यापार, र मेहनतले सकारात्मक परिणाम ल्याउनेछ। निर्माण सामग्री, खाद्यान्न, र विलासी वस्तुको व्यापारमा उल्लेखनीय फाइदा हुनेछ। मावली पक्षबाट सहयोग मिल्नेछ, र नयाँ कामबाट दिगो आम्दानीको सम्भावना रहन्छ। कृषि र पशुपालनबाट पनि लाभ मिल्नेछ। भौतिक सम्पत्तिको प्रयोगमा भने सतर्कता आवश्यक छ। प्रतिस्पर्धा जितेर प्रतिष्ठा र आम्दानी दुबै बढ्ने समय हो।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    बिहानको समय अनुकूल रहँदा व्यापारमा आम्दानी बढ्नेछ र पुराना कारोबार टुंग्याउने अवसर मिल्नेछ। मावली पक्ष र सन्तानको सहयोगले आर्थिक योजना सफल हुनेछन्। पढाइ तथा प्रतिस्पर्धामा सफलता पाउनेछ। नयाँ काम सुरु गर्ने, भौतिक साधन जोड्ने, र कीर्तिमान बनाउने समय हो। न्यायिक कार्यहरूमा पनि लाभ हुनेछ। थोरै लाभबाट दिगो आम्दानीको मार्ग खुल्नेछ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    बिहान स्वास्थ्य कमजोर र आलोचनाबाट दबाव रहन सक्छ। तर मध्यान्हपछि व्यापार र वित्तीय क्षेत्रमा लगानी बढाएर आम्दानी गर्न सकिनेछ। अध्ययनमा सफलता मिल्नेछ र लामो दूरीको यात्रा सम्भव छ। धैर्य र बुद्धिको प्रयोगले प्रतिष्ठा जोगिनेछ। प्रेम सम्बन्ध र रचनात्मक कार्यबाट लाभ हुनेछ। प्रतिस्पर्धीलाई पछि पार्दै लक्ष्यमा पुग्न सकिनेछ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    बिहानको समय व्यापारिक दृष्टिले लाभदायक रहनेछ, विशेष गरी निर्माण सामग्री र उपभोग्य वस्तुहरूबाट आम्दानी बढ्नेछ। छोटो समयमै उपलब्धि हासिल गर्ने अवसर रहन्छ। तर मध्यान्हपछि पढाइ र आम्दानीमा कमी आउने सम्भावना छ। घरजग्गा कारोबार मन्द रहनेछ। बोलिमा सावधानी नअपनाए अवसर गुम्न सक्छ। पेसा–व्यवसायमा फाइदा कम भए पनि निरन्तर प्रयासले भविष्यमा लाभ दिलाउनेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    पढाइ, लेखन र व्यापारमा सफलता मिल्ने समय हो। दाजुभाइ र सन्तानको सहयोगले लगानी बढाउन सकिनेछ। प्रेम सम्बन्ध सुमधुर रहनुका साथै विचारले अरूलाई प्रभावित पार्न सकिनेछ। बोली र लेखनकलाबाट समाज रूपान्तरणमा योगदान हुनेछ। व्यापारमा धनलाभ हुनेछ भने दिगो योजना सुरु गर्ने उत्तम समय हो। साँझपख मेसिनरी प्रयोगमा सावधानी अपनाउनु उपयुक्त हुनेछ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    बोली र तार्किक क्षमताको प्रभावले कार्यक्षेत्रमा सफलता मिल्नेछ। नातागोता र परिवारको सहयोगले व्यापारमा लगानी गर्दै आर्थिक पक्ष बलियो बनाउन सकिनेछ। वैदेशिक यात्रा सफल रहनेछ भने अध्ययन र प्रतिस्पर्धामा एक कदम अगाडि बढेर पुरस्कार जितिनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। सानो प्रयासले दीर्घकालीन फाइदा हुने काम सुरु गर्न सकिनेछ। फजुल खर्चबाट बच्नुपर्छ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    धोका र आश्वासनबाट बच्न सतर्क हुनुपर्छ। व्यापारमा मन्दीले अर्थ अभाव ल्याउन सक्छ भने अध्ययनमा समय नदिँदा पछि पर्न सकिन्छ। तर राजनीति र सामाजिक क्षेत्रमा मान सम्मान प्राप्त हुनेछ। लगानीबाट लाभ मिल्नेछ। आफन्त र शुभचिन्तकको सहयोगले दिगो फाइदाको काम अघि बढ्नेछ। चुनौतीपूर्ण काममा केही समय पर्खनु उचित हुन्छ। पारिवारिक भेटघाटले मन आनन्दित बनाउनेछ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    बिहान दैनिक उपभोग्य वस्तु र निर्माण सामग्रीको व्यापार फस्टाउनेछ। प्रविधिको प्रयोगले अध्ययनमा निरन्तरता मिल्नेछ। प्रेम जीवन सुखद हुनेछ। मध्यान्हपछि मेहनत बढाएर नयाँ अवसर लाभ गर्ने समय हो। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ। शेयर बजारबाट लाभ, परिवार र जीवनसाथीको सहयोग पाइनेछ। नयाँ आम्दानी स्रोत फेला पर्नेछन् र ऋणमोचन हुनेछ। आकस्मिक खर्चले अर्थमा बाधा पुर्‍याउन सक्छ। जोखिम लिएर दिगो काम सुरु गर्न सकिन्छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    प्राकृतिक स्रोतको सदुपयोगले आम्दानी बढ्नेछ। शिक्षा र चेतनामूलक कामबाट पनि धन आर्जन हुनेछ। अग्रज र परिवारको सहयोगले सफलताको मार्ग खुल्नेछ। प्रेम जीवन मजबुत हुनेछ। लामो दूरीको यात्रा हुने सम्भावना छ। पेशा र नोकरीमा अधिकारी वर्गको समर्थन पाइनेछ। सामाजिक क्षेत्रमा कीर्तिमानी काम गरी लोकप्रियता र प्रभुत्व हासिल हुनेछ। मेहनतले आम्दानीका नयाँ स्रोत खोल्नेछ। तर आकस्मिक खर्चले केही चुनौती आउन सक्छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com