काठमाडौँ / महानायक राजेश हमालले तितो सत्य स्वीकार गर्ने क्षमता विकास गर्ने हो भने जीवन सहज हुन सक्ने बताएका छन् ।
विहीबार काठमाडौँमा आयोजित अक्टल विज्ञान उत्कृष्ट पुरस्कार वितरण कार्यक्रममा उनले जीवनको वास्तविकता जान्नु भनेको सहज हुनु मात्र नभइ तितो सत्य स्वीकार गर्नु पनि हो भने । उनले तितो सत्य स्वीकार गर्ने क्षमता विकास गर्न सके जीवन सहज हुने बताए ।
उनले भने,‘जीवन एउटा युद्ध हो । युद्ध हामीले एक दिन हार्नैपर्छ । तर युद्धभित्र भएका केही मुटभेढ जित्छौ जसलाई हामीले सफलता भन्छौ । तर सम्पूर्ण जीवनमा युद्ध हार्ने नै हो । त्यसकारण साना साना सफलतामा नै रमाउनुपर्छ । जुनसुकै पेशामा लागेपनि जस्तो अवस्थामा भएपनि भित्रि आत्मादेखि जीवनलाई गम्भिर भएर हेर्नुपर्छ । जीवनको वास्तविकता जान्नु भनेको सहज हुनु होइन, तितो सत्य स्वीकार गर्नु हो । तितो सत्य स्वीकार गर्ने क्षमता विकास गर्ने हो भने जीवन सहज हुन सक्छ ।’
यस्तै, उनले जीवनमा उर्जाशील र सकारात्मक भइरहन सक्ने हो भने जीवन आफै सकारात्मक दिशातर्फ जाने पनि बताए ।