काठमाडौँ / साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २५.८९ अङ्कले बढेर २७३१.८० बिन्दुमा पुगेर रोकिएको छ ।
नेप्से वृद्धि भएसँगै कारोबार रकम पनि बढेको छ । बुधबार ७ अर्ब ४५ करोड १८ लाख ७७ हजार १०२ रुपैयाँ बराबरको १ करोड ५८ लाख २२ हजार ९७० कित्ता सेयर खरिद विक्री भएकोमा यस दिन ३१२ स्टकको ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार ७३९ रुपैयाँ बराबरको २ करोड ६४ लाख ७० हजार ८४० कित्ता सेयर खरिद बिक्री भएको छ ।
आज सेन्सेटिभ इन्डेक्स ७.५५ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स २.२७ अङ्क बढेको छ । त्यसैगरी, सेन्सेटिभ फ्लोट इण्डेक्स भने २.६७ अङ्क बढेको छ ।
बिहीबार व्यापार समूह ०.५३ प्रतिशत र हाइड्रोपावर ०.२२ प्रतिशतले घटेको छ भने बाँकी सबै समूह बढेको छ । जसमा सबैभन्दा बढी बैंकिङ समूह ३.०२ प्रतिशतले बढेको छ भने विकास बैंक १.१२ प्रतिशत र लघुवित्त १.४६ प्रतिशतले बढेको छ । साथै आज अन्य समूहको परिसूचक पनि सामान्य बढेका छन् ।
बिहीबार माइखोला हाइड्रो पावरको सेयर मूल्य ६६.६२ रुपैयाँले बढेर प्रतिकित्ता ८८४.१५ रुपैयाँमा अन्तिम काारोबार भएको छ । मान्डु हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता ५९ रुपैयाँले वृद्धि हुँदै ९३१.७८ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी समता घरेलु लघुवित्त र भगवती हाइड्रोको सेयर मूल्य पनि क्रमश प्रतिकित्ता क्रमशः ५४.३६ रुपैयाँ र ६६.८५ रुपैयाँले बढ्दै ८३१.३४ र १ हजार ९१.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यसदिन एनआरएन इफ्रास्टक्चर, बुटवल पावर कम्पनी, सानीमा बैंक लिमिटेड र सप्तकोशी विकास बैंकको सेयर मूल्य सबैभन्दा बढी कारोबार भएको छ । यसदिन कर्पोरेट डेभ्लप्मेन्ट बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर सर्वाधिक ९.९२ प्रतिशत घटेर २३४०.४० रुपैयाँ प्रतिकित्तामा अन्तिम कारोबार भएको छ ।
राप्ती हाइड्रो एण्ड जनरल कन्र्सट्रक्सनको मूल्य ६.४७ प्रतिशतले घटेर ३५७.६८ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी सिन्धु विकास बैंकको सेयर मूल्य पनि ४.३९ प्रतिशितले घट्दै प्रतिकित्ता ८८२.७४ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।